
प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिद्वारा शुक्रबार आयोजित ‘संविधान कार्यान्वयन ः चुनौती र जवाफदेहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालभित्रै सङ्क्रमणकालको अन्त्य हुने बताउनुभएको छ ।
पेशागत महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०७४ सालभित्र सङ्क्रमणकालको अन्त्य गरी मुलुकलाई विकास निर्माणतर्फ डोरयाउने बताउनुभयो ।
उहाँले सङ्क्रमणकालीन व्यवस्थापनमा समय दिनुपर्दा सरकारले देशको विकास निर्माणमा पूरै ध्यान दिन नसकेको बताउनुभयो ।
संविधान जारी भएपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने सरकारको सोच हुँदाहँुदै पनि भूकम्पपछिको पुनःनिर्माण अभियान र विभिन्न कानुनको निर्माणमा लाग्नु परेकाले त्यसो गर्न नसकिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उहाँले भन्नुभयो – “२०७५ देखि सरकार पूरै विकास निर्माणमा लाग्नेछ ।” एक अर्को प्रसङ्गमा उहाँले अर्थशास्त्रीले समेत बजेटलाई बुझ्न नसकेको गुनासो गर्नुभयो । “गाउँका जनताले बजेटबारे बुझे तर, अर्थशास्त्रीहरुले बुझेनन्,” उहाँले भन्नुभयो – “बजेट ठूलो देखेका छन्, कार्यान्वयन गर्दै जाँदा सानो भएको महसुस हुनेछ ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकारको विचार, बाटो र गन्तव्य स्पष्ट भएको दाबी गर्नुभयो ।
“यो सरकार १०४ वर्षे राणा शासन होइन, २४० वर्षे वंश परम्परामा आधारित राजतन्त्र जस्तो पनि होइन,” उहाँले भन्नुभयो – “वर्तमान सरकार संसद्बाट बनेको हो । मन नपरे त्यहीँबाट फेरिन्छ ।”
उहाँले विभिन्न पेसमा लागेका बुद्धिजीवीले अधिकार मात्र खोज्ने होइन कर्तव्यतर्फ समेत ध्यान दिनुपर्छ भन्नुभयो ।
उद्घाटन समारोहमा १६ देशका प्रतिनिधिको सहभागिता देखिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने