बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: २३:२६ | UK Time: 17:41

बेलायती महिला सांसदको हत्या

वीनेपाली
२०७३ असार २ गते २३:४८

100874731_labour-jocox-news-large_trans++Pje2mQQhf4echa8RM6ooodRbPw1nk10FZIVCa2Orgfoलन्डन । बेलायतको प्रतिपक्ष दल लेबोरकी एक महिला सांसदको हत्या भएको छ । ब्याट्ली र स्पेन क्षेत्रकी सांसद जो कक्स् को बिहीबार आफ्नै निर्वाचन क्षेत्रमा गोली प्रहारबाट हत्या भएको हो ।

वेष्ट योर्कसायरको बर्सटल लाइब्रेरी नजिक उनलाई गोली हानिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो । ४१ वर्षीया कक्स् २५ वर्ष पछि मारिने पहिलो बेलायती सांसद हुन् । जो गत वर्षमात्र सांसद निर्वाचित भएकी थिइन् । कक्स बेलायती राजनीतिमा उदयीमान मानिन्थिन् ।

सन् १९९० मा आइरिस रिपब्लिकन आर्मी (आइआरए) को बम आक्रमणमा सांसद इयान गो मारिएका थिए ।

प्रहरीले गोली प्रहार गर्ने ठानिएका आरोपी ५२ वर्षीय टोमी म्यार नामक एक पुरुषलाई मार्केट स्ट्रिटबाट गिरफ्तार गरि कष्टडीमा राखेको बीबीसीले जनाएको छ ।

कक्सका पति ब्रेन्डनले दुष्मनीका विरुद्ध एकजुट हुन सबैमा अपिल गरेका छन् ।
हत्यापछि इयू जनमत संग्रहको अभियान २४ घण्टाका लागि स्थगित गरिएको छ । जोले बेलायत इयू मा रहिरहनु पर्ने अभियानको वकालत गरिरहेकी थिइन् ।
जोको हत्यापछि बेलायती समुदाय स्तव्ध छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, लेबोर नेता जेरेमी कोरबीन, चान्सलर जोर्ज असबोर्न, गृहमन्त्री टेरेजा मे, अमेरिकी विदेशमन्त्री जोन केरी लगायत नेताले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक