आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने, नतिजा खस्कियो

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित, परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीलगायत । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित, परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीलगायत । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस

भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ । ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो र एसएलसीको अन्तिम परीक्षाफल हो ।

सरकारले हालै शिक्षा ऐनमा आठौँ संशोधन गरेर कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा बनाएपछि आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने भएको हो ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले शिक्षा नीतिमा परिवर्तन गरेका कारण अर्को वर्षदेखि एसएलसी परीक्षा भनेर सञ्चालन नहुने बताउनुभयो । उहाँले एसएलसीलाई अब राष्ट्रिय परीक्षा बोर्डमा समाहित हुने बताउनुभयो ।

आगामी वर्ष कक्षा १० र कक्षा १२ मा छुट्टाछुट्टै परीक्षा सञ्चालन हुने बताउँदै त्यसको प्रक्रियाकाबारेमा निर्णय हुन भने बाँकी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “कक्षा १० को परीक्षा हटेको छैन, एसएलसी मात्रै नहुने हो, बोर्ड परीक्षा कक्षा १२ मा हुनेछ, कक्षा १० र १२ को शैक्षिक प्रमाणपत्र छुट्टाछुट्टै दिन्छाँै ।”

यस वर्षको परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको ६९ दिनमै सार्वजनिक गरेको छ । यो अहिलेसम्मकै छिटो अवधि भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

कुल एक हजार ९४३ वटा परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने तीन जना परीक्षार्थीको सबै विषय र ३८० जनाको एक विषयमात्रै गरी कुल ३८३ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको उहाँले जानकारी दिनुभयो ।

पनिकाले सार्वजनिक गरेको परीक्षामा चित्त नबुझ्ने विद्यार्थीका लागि आगामी १५ दिनभित्र पुनःयोग गर्न पाउने व्यवस्था गरेको छ ।

अनिवार्य विषयको नतिजा खस्कियो 

परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक गरेको एसएलसी परीक्षाको नतिजामा अनिवार्य विषयतर्फको नतिजा खस्किएको छ । लेटर ग्रेडिङमा नतिजा सार्वजनिक गरे पनि मुख्य विषयमै नतिजा खस्किएको हो ।

एसएलसीमा कुल परीक्षार्थीमध्ये अङ्ग्रेजीमा ‘ए’ प्लसमा १२ हजार ५५२, ‘ए’ ग्रेडमा ४० हजार ८५, ‘बी’ प्लसमा ३२ हजार ६७६, ‘बी’ ग्रेटमा ३५ हजार २९७, ‘सी’ प्लसमा ३१ हजार ९४३, ‘सी’ ल्याउने ५६ हजार १२१, ‘डी’ प्लस ल्याउने ७१ हजार १२५, ‘डी’ ल्याउने ४६ हजार ६० र ‘इ’ ल्याउने ७१ हजार १२४ रहेका छन् ।

त्यसैगरी, गणितमा २३ हजार ३३४ जना परीक्षार्थीले ‘ए’ प्लस, २३ हजार ७१७ जना परीक्षार्थीको ‘ए’ ग्रेड, २४ हजार ५५३ जनाले ‘बी’ प्लस, २९ हजार २५६ जनाले ‘बी’, ३३ हजार ३१८ जनाले ‘सी’ प्लस, ४४ हजार १५४ जनाले ‘सी’ ग्रेड, ५३ हजार २६१ जनाले ‘डी’ प्लस, ५८ हजार ६२९ जनाले ‘डी’ र एक लाख ४६ हजार ९३५ जनाले ‘इ’ ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालले जानकारी दिएको छ ।

विज्ञानमा भने छ हजार ८२७ जना परीक्षार्थीले मात्र ‘ए’ प्लस, २० हजार ९७० जनाले ‘ए’ ग्रेड, २३ हजार २०८ जनाले ‘बी’ प्लस, ३२ हजार ८४९ जनाले ‘बी’ ग्रेड, ३४ हजार ३५३ जनाले ‘सी’ प्लस, ५५ हजार ८४२ जनाले ‘सी’ ग्रेड, ६७ हजार ८१ जनाले ‘डी’ प्लस, ८५ हजार ६१५ जनाले ‘डी’ र एक लाख १० हजार २७४ जनाले ‘इ’ ग्रेड प्राप्त गरेका छन् ।

पनिकाका अनुसार नेपालीमा भने जम्मा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन् भने सात हजार ५८३ जनाले ‘ए’ ग्रेड, ३३ हजार ८२२ जनाले ‘बी’ प्लस, ४५ हजार १५४ जनाले ‘बी’ ग्रेड, ८६ हजार २५२ जनाले ‘सी’ प्लस, ९८ हजार ३०६ जनाले ‘सी’ ग्रेड, ७९ हजार २७४ जनाले ‘डी’ प्लस, ४३ हजार ६३३ जनाले ‘डी’ र २३ हजार ४६ जनाले ‘इ’ ग्रेड प्राप्त गरेका छन् ।

त्यसैगरी, सामाजिक अध्ययन (सोसल स्टडिज) मा २१७ जनालेमात्र ‘ए’ प्लस ल्याएका छन् भने छ हजार ३३९ जनाले ‘ए’ ग्रेड, २३ हजार ८२६ जनाले ‘बी’ प्लस, ४५ हजार १४३ जनाले ‘बी’ ग्रेड, ६४ हजार १९७ जनाले ‘सी’ प्लस, ८९ हजार २९६ जनाले ‘सी’ ग्रेड, ९६ हजार १२२ जनाले ‘डी’ प्लस, ६५ हजार १०८ जनाले ‘डी’ र ४६ हजार ९२८ जनाले ‘इ’ ग्रेड प्राप्त गरेका छन् ।

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि 

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको हो । परीक्षा नियन्त्रक काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको बताउनुभयो ।

परीक्षा साउन १४ गतेदेखि २१ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । परीक्षा तालिका यसप्रकार रहेको छ ।

साउन १४ गते शुक्रबार – अनिवार्य अङ्ग्रेजी  

वेदविद्याश्रमतर्फ ः अनिवार्य संस्कृत भाषा र साहित्य÷अनिवार्य अङ्ग्रेजी
साउन १५ गते शनिबार – अनिवार्य नेपाली
गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (भ्भिअतष्खभ भ्लनष्किज)
साउन १६ गते आइतबार –अनिवार्य गणित
साउन १७ गते सोमबार – अनिवार्य बिज्ञान

वेदविद्याश्रमतर्फ ः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद 

साउन १८ गते मङ्गलबार – अनिवार्य सामाजिक अध्ययन
साउन १९ गते बुधबार – अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
वेदविद्याश्रमतर्फ ः अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष
संस्कृततर्फ ः अनिवार्य संस्कृत भाषा
साउन २० गते बिहीबार – ऐच्छिक प्रथमपत्रका सबै विषयहरु
साउन २१ गते शुक्रबार – ऐच्छिक द्वितीयपत्रका सबै विषयहरु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री