लन्डन । बेलायतको एउटा च्यारिटी संस्था हेल्प नेपाल फाउन्डेशनले धुर्मुस सुन्तली फाउन्डेशनलाई २० लाख रुपैयां प्रदान गर्ने निर्णय गरेको छ । बुधबार सांझ लन्डनमा एक पत्रकार सम्मेलन गरि फाउन्डेशनले उक्त रकम दिने जानकारी दिएको हो । प्रतिवद्धता गरिए बमोजिमको रकम केही दिनभित्रै बैंक मार्फत नेपाल पठाइने हेल्प नेपाल फाउन्डेशनका कोषाध्यक्ष नारायण सापकोटाले जनाए । फाउन्डेशनले बेलायतमा चन्दा अभियान मार्फत उक्त रकम संकलन गरेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष दिनेश शर्माले फाउन्डेशनले धुर्मुस सुन्तली फाउन्डेशनको मेलम्ची, सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत वस्ती निर्माण परियोजनाका लागि रकम दिने निर्णय गरेको जनाउंदै सही समयमा सही सदुपयोग हुने विश्वाससहित धुर्मस सुन्तलीलाई रोजिएको बताए । ‘भूकम्प लगत्तै संकलित रकम तत्काल दिन सकिन्थ्यो तर त्यतिबेला हामीले पैसा सदुपयोग हुने देखेनौं’, शर्माले भने, ‘सही समय कुरिरहेको बेला धुर्मुस सुन्तलीको सामाजिक कामबाट प्रभावित भएर उनीहरुलाई सहयोग गर्ने निधो गरेका हौं ।’
हांस्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले भूकम्पपछि स्थापना गरेको उक्त फाउन्डेशनले यतिखेर गिरान्चौर एकीकृत वस्ती निर्माण परियोजना अन्तर्गत ६५ घर निर्माण गरिरहेको छ । उक्त परियोजनाको अनुमानित लागत ४ करोड रुपैंया भन्दा बढि छ । परियोजनाका लागि धुर्मुस सुन्तलीको जोडीलाई अहिले विश्वभरबाट सहयोग जुटिरहेको छ ।
कार्यक्रममा सचिव रुसी श्रेष्ठले भूकम्पको भोलिपल्ट स्थापित फाउन्डेसनले वर्ष दिनभित्र गरेका गतिविधिबारे प्रकाश पारेकी थिइन् । फाउन्डेशनले भूकम्प लगत्तै ५ हजार पाउण्ड बराबरको औषधिसहित राहत सामाग्री र करिब ४ लाख रुपैयांको त्रिपाल पीडितलाई बांडेको थियो ।
पत्रकार सम्मेलनमा अर्की सचिव सुनिता श्रेष्ठ र प्रवक्ता अमोल गुरुङले दाताहरुप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोग गर्न आग्रह गरे ।
उक्त अवसरमा फाउन्डेशनले नेपाल पत्रकार महासंघ, यूकेलाई प्रशंसा पत्र प्रदान गरेको छ । अध्यक्ष शर्माले शाखाका सचिव शिव भण्डारीलाई उक्त प्रशंसा पत्र प्रदान गरेका थिए ।
फाउन्डेशनले आफ्नो कोषमा हालसम्म २० हजार ३९ पाउण्ड संकलन भएको जनाउंदै बांकी रकम पनि उचित क्षेत्रमा खर्च गरिने जनाएको छ ।
तस्विरहरुः मिलन तमु
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई