
काठमाडौँ, १ असार । राष्ट्रिय मानवअधिकार आयोगले नेत्र विक्रम चन्द माओवादीद्वारा विभिन्न स्थानका सञ्चार सेवा प्रदायक संस्था एनसेल टावरमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एनसेलका टावर जलाइएपछि नागरिकको स्वतन्त्रपूर्वक सञ्चार सम्पर्क गर्न पाउने अधिकार प्रभावित भएको भन्दै आयोगले घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गरेको छ ।
एनसेल टावर जलाइएपछि सल्यान, चितवनलगायत विभिन्न जिल्लाका अधिकांश गाविस सञ्चारविहीन भएका छन् । आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा (१९) ३ मा सञ्चारको हकमा कानुनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोनलगायत सञ्चार साधनलाई अवरुद्ध गर्न नपाइने उल्लेख भएको स्मरण गराउनुभएको छ ।
साथै, आयोगले जेठ ७ गते ललितपुरको होगल इलाछे, मङ्गलबजारस्थित एक पसलमा ग्यास सिलिन्डर पड्केर तीन जना व्यक्तिको मृत्यु भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
आयोगले आजै उक्त घटनाको सम्बन्धमा स्थानीय प्रशासन तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचारसमेत गरेको जानकारी दिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने