लन्डन । २१ अगष्ट सांझ अल्डरसटमा हुन गइरहेको पांचौं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरु सप्ताहन्त नयां लुकमा देखिए । फोटोसुट अन्तर्गत कुल ८ जना प्रतिष्पर्धीले अमर राईबाट फोटो र मनिराम राईबाट भिडियो सुट गराएका हुन् ।
आयोजक इभेन्ट्स एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले प्रतियोगिताको तयारी व्यापक भइरहेको जानकारी दिंदै अब ट्यालेन्ट राउण्ड छिट्टै शुरु गरिने बताइन् । पब्लिक च्वाइसका लागि अनलाइन भोटिङ पनि छिट्टै शुरु गर्ने तयारीमा आयोजक छन् ।
प्रतिष्पर्धीलाई प्रशिक्षण दिन नायिका प्रियंका कार्की अगष्ट पहिलो साता बेलायत आउने कार्यक्रम छ । प्रियंकाले ८ अगष्टदेखि प्रशिक्षण दिनेछिन् ।
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतिष्पर्धी अभावका कारण सन् २०१३ र २०१५ मा भने स्थगित भएको थियो । यो पटक पनि अन्तिम समयमा ४ जना प्रतियोगिताबाट बाहिरिएको जनाउंदै शान्तिले अभिभावकहरु कन्भिन्स् हुन नसकेसम्म यस्ता प्रतियोगिता सञ्चालन गर्न कठिनाइ भइरहने बताइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते