प्रधानमन्त्रीद्वारा वार्ताका लागि चुरे भावरलाई निमन्त्रणा

KP_20140609062929_20140609073510

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि निमन्त्रणा पठाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्षलाई सम्बोधन गरेर वार्ताको लागि आह्वान गरेर निमन्त्रणा पठाउनुभएको हो ।

प्रधानमन्त्रीले पठाउनुभएको पत्रमा नेपालको संविधान जारी भएपछि तराई मधेसलगायतका क्षेत्रमा विभिन्न मोर्चा तथा समूहले जारी गरेको आन्दोलनलाई निष्कर्षमा पु¥याउनका लागि जारी वार्तामा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख भएको सो पार्टीका अध्यक्ष बन्द्रीप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रधानमन्त्रीको वार्ताका लागि गरिएको आह्वानपत्र विद्यमान राजनीतिक सङ्क्रमणको अन्त्यका लागि निकै फलदायी हुने भएकाले पार्टीले स्वागत गर्दै वार्तामा बस्न तयारी गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

उक्त पार्टीले समग्र चुरेभावर क्षेत्रलाई समेट्ने गरी बेग्लै प्रदेशको माग गर्दै विगतमा गरेको आन्दोलनका समयमा सरकारले नौबुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री