
काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि निमन्त्रणा पठाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्षलाई सम्बोधन गरेर वार्ताको लागि आह्वान गरेर निमन्त्रणा पठाउनुभएको हो ।
प्रधानमन्त्रीले पठाउनुभएको पत्रमा नेपालको संविधान जारी भएपछि तराई मधेसलगायतका क्षेत्रमा विभिन्न मोर्चा तथा समूहले जारी गरेको आन्दोलनलाई निष्कर्षमा पु¥याउनका लागि जारी वार्तामा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख भएको सो पार्टीका अध्यक्ष बन्द्रीप्रसाद न्यौपानेले बताउनुभयो ।
प्रधानमन्त्रीको वार्ताका लागि गरिएको आह्वानपत्र विद्यमान राजनीतिक सङ्क्रमणको अन्त्यका लागि निकै फलदायी हुने भएकाले पार्टीले स्वागत गर्दै वार्तामा बस्न तयारी गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
उक्त पार्टीले समग्र चुरेभावर क्षेत्रलाई समेट्ने गरी बेग्लै प्रदेशको माग गर्दै विगतमा गरेको आन्दोलनका समयमा सरकारले नौबुँदे सहमति गरेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते