लण्डन । साउथ इस्ट लण्डनका नेपालीहरूकाे पहलमा स्थापित नेपलिज काेअपरेटिभ इन्भेष्टमेण्ट (एनसिअाइ) युकेले नेपालमा सम्भावित लगानीका बारेमा डेनिस व्यवसायीहरूसित छलफल गरेकाे छ ।
गत शनिबार लण्डनमा भएकाे साे छलफलमा डेनमार्कका व्यवसायीहरू पर मिकल्सन र निक हरलेक सहभागी थिए । साे छलफल मुख्य रूपमा नेपालमा सौर्य उर्जामा लगानीका बारेमा केन्द्रीत रहेका एनसिअाइ युकेका अध्यक्ष माेहन गुरूङले जानकारी दिए ।
एनसिआईका अध्यक्ष गुरुङको अध्यक्षतामा भएकाे सो छलफलमा करिब ३० जना सदस्यहरु उपस्थित थिए ।
यसअघि नेपालमा गइ अध्यक्ष गुरूङले उर्जा तथा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रीसित नेपालमा सौर्य उर्जा उत्पादनमा लगानीका बारेमा छलफल गरिसकेका छन।
एनसिअाइमा युकेका करिब डेढ सय नेपाली व्यवसायीहरु अावद्ध रहेका छन् ।
साे समूहले युकेमा घर जग्गा तथा नेपालमा पनि लगानी गरिसकेकाे छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह