लन्डनमा नेपाल म्यूजिक फेस्टिबल यसै साता

13063436_1213067762051609_4691640998104674370_o
लन्डन । लन्डनमा यो साता नेपाल म्यूजिक फेस्टिबल हुने भएको छ । पर्छ प्रोडक्शनले १७ जुन शुक्रबार कोरोनेट थिएटरमा फेस्टिबल गर्न लागेको हो ।

सांझ साढे ६ बजेदेखि हुने कार्यक्रममा फिरोज स्याङडेन (पूर्व १९७४ एडी), नरेन लिम्बु, सविन राई र जेपिटी रकर्ज व्याण्डको सहभागिता हुंदैछ । फेस्टिबलले नेपाली संगीत इतिहास झल्काउने पर्छ प्रोडक्शनका समिर गुरुङले जनाए । वेम्ली ऐरिनामा पहिलो पटक नेपथ्यको विशाल कन्सर्ट गरेको उक्त प्रोडक्शनले बेलायतमा फेसन शो, चलचित्र महोत्सव, फुटबल प्रतियोगिता, फोटो प्रदर्शनी लगायत नियमित कन्सर्ट गर्दै आएको छ ।

संस्थाले केही महिना अघि युवाहरु आमन्त्रित गरेर नेपाली कविता वाचन कार्यक्रम गरेको थियो जसमा जुनकिरी इनिसिएटिभको साथ थियो । ‘नयां पुस्ताले पनि नेपाली गीत संगीत र कला बेलायतमा जीवन्त राखिरहेको छ भन्ने प्रमाणित गर्न चाहन्छौं हामी’, समिर भन्छन् ।

उक्त संस्थामा नेपाली कला संगीतप्रति समर्पित युवाहरुको वाहुल्यता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री