
लन्डन । यती नेपाली एसोसिएसन यूकेले जुलाई २३ शनिबार यती कप फुटबल प्रतियोगिता गर्ने भएको छ । फेल्थाम कम्युनिटी कलेज मैदानमा खेल हुन लागेको हो । खेल्न इच्छुक टिमले २२ जुलाई सम्म २०० पाउण्ड तिरेपछि प्रतियोगितामा भाग लिन सक्नेछन् ।
प्रतियोगितामा पहिलो हुने टिमलाई १२५० पाउण्ड नगद सहित मेन ट्रफी र रनर अप (दोश्रो) हुने टिमलाई ट्रफीसहित ६ सय पाउण्ड नगद प्रदान गरिने एसोसिएसनले जनाएको छ । धेरै गोल गर्ने खेलाडी (टप स्कोरर) लाई गोल्डेन बुट दिइने छ ।
एसोसिएसनले प्रतियोगिताका लागि अर्थ संकलन अभियान शुरु गरेको छ । कोषाध्यक्ष जीवन सेनले हालसम्म करिब १५ सय पाउण्ड संकलन भएको फेहरिस्त प्रस्तुत गर्दै थप आर्थिक रकम आवश्यक हुने भएकाले सहयोगका लागि सबैमा अपिल गरेका छन् ।
केही साताअघिमात्र एसोसिएसनले संस्थाको इतिहासमै पहिलो पटक महिला अध्यक्ष पिपला देवानको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । एसोसिएसनले भावी दिनमा यस्ता सामाजिक गतिविधि अरु तीव्र बनाउने भएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै