
लन्डन । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले लन्डनमा प्रवचन दिने भएका छन् । चर्चित लेखक, आध्यात्मिक र ध्यान गुरु स्वामी अरुणले श्री राम मन्दिर साउथहलमा २८ जुन सांझ प्रवचन दिने तयारी भएको हो । उनले ध्यानबाट कसरी सुःखी र समृद्धि रहन सकिन्छ भन्नेबारे प्रवचन दिनेछन् ।
त्यस सांझ मन्दिरमा आरती समेत गर्ने कार्यक्रम रहेको विश्व हिन्दु महासंघ, यूकेका अध्यक्ष चिरन्जिवी ढकालले जानकारी दिए । निशुल्क प्रवेश व्यवस्था गरिएको उक्त कार्यक्रममा सहभागी हुन २५ जुन अगावै नाम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् ।
यसैबीच, स्वामी अरुणले ओशो लिला गिलिङहाममा ३० जुन देखि ३ जुलाई, २०१६ सम्म ध्यान शिविर गर्ने कार्यक्रम छ । वर्षेनी बेलायत आउने स्वामी अरुणले नेपाल, अमेरिका, यूके, रसिया, भारत, जापान लगायत देशमा ६ सय भन्दा बढि ध्यान शिविर सञ्चालन गरिसकेका छन् । ओशो क्याम्प यूकेले ध्यान शिविरमा सहभागी हुन सबैमा आग्रह गर्दै आवश्यक विवरण तलको लिंकमा रहेको जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा