
लन्डन, ३० जेठ । बेलायतकी महारानी एलिजाबेथ द्वितियाले आइतबार ९०औँ जन्मदिन मनाउनुभएको छ ।
लन्डनमा बकिङ्गघम दरवार परिसरमा हजाराँै व्यक्तिको सहभागीतामा महारानीले आफ्नो जन्मदिन मनाउनुभएको हो ।
सो जन्मदिन समारोहमा १० हजार भन्दाबढी व्यक्ति जम्मा भएका अनुमान गरिएको छ । उक्त समारोहमा उहाँका पति राजकुमार फिलिप र नातिहरु राजकुमार विलियम र हेरी पनि उपस्थिति रहनुभएको बताइएको छ ।
राजसंस्था आवद्ध सङ्गठनकर्मीलाई समारोहमा सहभागीताको लागि १५० पाउण्ड बराबरको टिकटको बस्दोबस्त गरिएको बताइएको छ ।
महारानी एलिजाबेथका नाती तथा पेटर फिलिपका छोरा आनेद्वारा आयोजित यो समारोह कुनै नाफामूलक कार्यको लागि नभएको जनाइएको छ ।
महारानीको ९०औँ जन्मदिनको औपचारिक कार्यक्रम बेलायतमा गत शुक्रबारबाट नै सुरु गरिएको थियो ।
बेलायतमा राजपरिवारको २५० वर्ष अघिदेखिको पराम्पराअनुसार महारानीले वर्षमा दुई पटक जन्मदिन मनाउनुहुन्छ ।
उहाँको खास जन्ममिति सन् १९२६ को अप्रिल २१ मा पर्दछ । तर औपचारिक जन्मदिनको रुपमा प्रत्येक वर्ष जुन महिनामा मनाउने गरिएको बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते