
लन्डन । क्लव फिफ्टी यूकेले सल्लाहकारहरु चयन गरेको छ । रिगल स्पाइस रेष्टुरेन्टमा आयोजित बैठकले समाजका अगुवा ध्रुव केसी, हरि केसी, हरिसिंह थापा, हरि कार्की र मदन थापालाई सल्लाहकार चयन गरेको हो । संस्थाका अध्यक्ष उत्तम खड्काले सल्लाहकारहरुलाई खादाले सम्मान गरेका थिए ।
अध्यक्ष खड्काको अध्यक्षता र महासचिव भरत रोकाले सञ्चालन गरेको उक्त बैठकले नेपालमा शिक्षा क्षेत्र र आपतविपतका बेला सहयोग गर्ने निष्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष खड्काले संस्थाका गतिविधि र उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले संस्थाले सर्लाही जिल्लाको एक विद्यालयमा अध्ययनरत दश विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको जानकारी दिंदै भूकम्प लगत्तै पीडितलाई आर्थिक सहयोग गरेको समेत स्मरण गरे । उपाध्यक्षद्वय गुणमान सिंह कार्की र सुरज कार्कीले संस्थाको उद्देश्य अझ प्रष्ट्याएका थिए ।
क्लव फिफ्टी यूके नेपालको शाखाको रुपमा दुई वर्ष अघि यहां स्थापना भएको हो । यसले विशेषगरि ५० वर्ष नाघेका अवकासप्राप्त व्यक्तित्व समेट्दै यसलाई समाजसेवामा समर्पित गर्ने उद्देश्य राखेको छ । सदस्य भने युवा समेत हुन सक्ने संस्थाको प्रावधान छ ।
संस्थाले सदस्यता विस्तार र आगामी २४ सेप्टेम्बरमा दशैं पार्टी आयोजना गर्ने निर्णय समेत गरेको छ । साथै, उसले जुलाई १९ मा लर्डस्मा मैत्रीपूर्ण क्रिकेट खेल खेल्न आउन लागेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानमा एक रात्रीभोज समेत गर्ने भएको छ । सम्मान कार्यक्रम कहिले र कहां गर्ने भन्ने टुंगो पछि लगाइने जनाइएको छ ।
बैठकमा नियुक्त सल्लाहकारहरुले पनि आ आफ्ना सुझाव दिएका थिए । सो क्रममा समाजसेवी ध्रुव केसीले संस्थाको उद्देश्य प्रशंसनीय भएको उल्लेख गर्दै क्लव फिफ्टी यूकेले नेपाल सहित बेलायतमा रहेको समुदायलाई समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई