
लन्डन । गुल्मी जिल्ला समाज यूकेले नेपालमा दुई परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले चम्ल्याहा सन्तानका बाबु जनक कुँवर र भारतमा श्रीमानको निधन भएपछि सहाराविहीन भएकी सीता भूसाललाई जनही ५०, ५० हजार रुपैयां सहयोग गरेको हो ।
काठमाडौं डिल्लीबजारस्थित टाइम्स कलेजमा एक कार्यक्रमबीच समाजका महासचिव शिव भण्डारीले रकम हस्तान्तरण गरेका हुन् । जैसिथोक समाज, काठमाडौंको आयोजनामा भएको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका महासचिव भण्डारीले मानवीय सहयोग र जिल्लाको विकासमा समाजले निरन्तर सहयोग दिइरहने बताए ।
जैसिथोक समाज, काठमाडौंका अध्यक्ष राजनप्रसाद पोखरेलले पीडित परिवारलाई सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि आफ्नो जन्मस्थलले कुन न कुनै रुपले सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
सचिव कृष्ण भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा इन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्व गाविस अध्यक्ष सुरेन्द्र पोखरेलले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा उपप्राध्यापक विष्णु पन्थीलगायतको उपस्थिति थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते