
मेलम्चीको पाइप बिच्छ्याउने काममा ढिलाइले चुच्चेपाटी महाङ्कालको सडकमा घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य भई स्थानीयवासी मर्कामा । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस
काठमाडौँ, २८ जेठ । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ ।
पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।
“थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९.५ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उहाँले भन्नुभयो ।
चुच्चेपाटीमा ढिला हुँदा सडकमा समस्या
महाङ्कालचौर–चुच्चेपाटी–चाबहिल खण्डमा आइपुगेपछि पाइप ल्याउन ढिला भएकाले एक महिनाभन्दा बढी समय काम रोकिँदा सडक अवरोध भएको स्थानीयवासीको गुनासो छ ।
स्थानीय सन्तोष घिमिरे ५०० मिटर पाइप बिच्छ्याउन महिनौँ लगाइदिँदा घाम लाग्दा सडक धुलाम्ये र पानी पर्दा हिलाम्ये भएर हिँडडुल एवम् सटरमा व्यापार व्यवसायमा पनि समस्या आएको बताउनुहुन्छ ।
आयोजना प्रमुख खत्रीले १.४० मिटर चौडाइको डक्टाइल पाइप चीनबाट ल्याउन ढिला भएकाले समय बढी लागे पनि हाल काम सम्पन्न भएर सडक बनाउन सुरु भएको बताउनुहुन्छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ ।
पानी विसं २०७३ असोजभित्र सुन्दरीजलमा ल्याउने सम्झौता इटालियन सुरुङ निर्माण कम्पनी सीएमसीसँग गरिए पनि गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले एक वर्ष ढिला हुने भएको छ ।
मेलम्ची खोलाको पानी ल्याइसकेपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७, १७ करोड लिटरका दरले थप ३४ करोड पानी ल्याउने सरकारको योजना छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग