लन्डन । ब्रिटेन नेपाल चेम्वर अफ कमर्स (बीएनसीसी) को साधारण सभाले सर्वसम्मत नयां नेतृत्व चयन गरेको छ । विहिबार सम्पन्न साधारण सभाले राजन कंडेलको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कंडेल बीएनसीसीमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
उपाध्यक्षद्वयमा प्रशान्त कुंवर र आलन मर्सल सन्का, कोषाध्यक्षमा इन्द्र गिरी र कार्यसमिति सदस्यहरुमा विराज भट्ट, एस वर्मा र नदिया विलिएम्स निर्वाचित भएका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ । बीएनसीसीको प्रमुख कार्यकारीमा रिचर्ड पेली पुनः नियुक्त भएका छन् ।
बेलायतका लागि नेपालका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतित्थ्यमा साधारण सभा भएको थियो । बीएनसीसी, बेलायतबाट नेपालमा लगानी तथा व्यापार प्रवद्र्धन गर्ने सबैभन्दा पुरानो संस्था मानिन्छ । यसको संरक्षक बेलायतस्थित नेपाली दूतावास हुने व्यवस्था छ ।
साधारण सभामा कंडेलले अध्यक्षको प्रतिवेदन मार्फत बीएनसीसीले यसअघि गरेका कामबारे संस्थाका सदस्यहरुलाई जानकारी गराएका थिए भने कोषाध्यक्ष इन्द्र गिरीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले दुवै प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
निर्वाचित कार्यसमितिले नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन बेलायतका लगानीकर्ताहरुलाई उत्प्रेरणा मिल्ने खालका गतिविधि सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष कंडेलले बताए । ‘बीएनसीसीले आगामी कार्यकालका लागि चारवटा विशेष प्राथमिकताका क्षेत्र पहिचान गरेको छ । बीएनसीसीको सदस्यता विस्तारदेखि संस्थालाई आर्थिक रुपमा सवल बनाउने र नेपालमा लगानी प्रवद्र्धन गर्नेसम्मका योजना त्यसमा समेटिएका छन्’, कंडेलले भने ।
नेपाल र बेलायतमा व्यापार व्यवसाय सञ्चालन गर्ने उत्कृष्ट कम्पनीहरुलाई विशेष अवार्डबाट सम्मान गर्ने कार्यक्रम बीएनसीसीले बनाएको उनले जानकारी दिए ।
बीएसीसीले यसअघि बेलायतका लगानीकर्ताहरुलाई नेपाल लगेर नेपालमा लगानीको सम्भावनाबारे जानकारी गराएको थियो । त्यसबाहेक, नेपाली व्यवसायीका प्रतिनिधिमुलक संस्थाहरु र सम्बन्धित सरकारी निकायहरुबीच नेपाल र बेलायतको व्यापार अभिवृद्धिका लागि संयुक्त रुपमा गर्न सकिने प्रयासका बारेमा पनि विभिन्न छलफल र अन्तरक्रियात्मक कार्यक्रम बीएनसीसीले आयोजना गरेको थियो ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?