लन्डन । ब्रिटेन नेपाल चेम्वर अफ कमर्स (बीएनसीसी) को साधारण सभाले सर्वसम्मत नयां नेतृत्व चयन गरेको छ । विहिबार सम्पन्न साधारण सभाले राजन कंडेलको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । कंडेल बीएनसीसीमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
उपाध्यक्षद्वयमा प्रशान्त कुंवर र आलन मर्सल सन्का, कोषाध्यक्षमा इन्द्र गिरी र कार्यसमिति सदस्यहरुमा विराज भट्ट, एस वर्मा र नदिया विलिएम्स निर्वाचित भएका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ । बीएनसीसीको प्रमुख कार्यकारीमा रिचर्ड पेली पुनः नियुक्त भएका छन् ।
बेलायतका लागि नेपालका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतित्थ्यमा साधारण सभा भएको थियो । बीएनसीसी, बेलायतबाट नेपालमा लगानी तथा व्यापार प्रवद्र्धन गर्ने सबैभन्दा पुरानो संस्था मानिन्छ । यसको संरक्षक बेलायतस्थित नेपाली दूतावास हुने व्यवस्था छ ।
साधारण सभामा कंडेलले अध्यक्षको प्रतिवेदन मार्फत बीएनसीसीले यसअघि गरेका कामबारे संस्थाका सदस्यहरुलाई जानकारी गराएका थिए भने कोषाध्यक्ष इन्द्र गिरीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले दुवै प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
निर्वाचित कार्यसमितिले नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन बेलायतका लगानीकर्ताहरुलाई उत्प्रेरणा मिल्ने खालका गतिविधि सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष कंडेलले बताए । ‘बीएनसीसीले आगामी कार्यकालका लागि चारवटा विशेष प्राथमिकताका क्षेत्र पहिचान गरेको छ । बीएनसीसीको सदस्यता विस्तारदेखि संस्थालाई आर्थिक रुपमा सवल बनाउने र नेपालमा लगानी प्रवद्र्धन गर्नेसम्मका योजना त्यसमा समेटिएका छन्’, कंडेलले भने ।
नेपाल र बेलायतमा व्यापार व्यवसाय सञ्चालन गर्ने उत्कृष्ट कम्पनीहरुलाई विशेष अवार्डबाट सम्मान गर्ने कार्यक्रम बीएनसीसीले बनाएको उनले जानकारी दिए ।
बीएसीसीले यसअघि बेलायतका लगानीकर्ताहरुलाई नेपाल लगेर नेपालमा लगानीको सम्भावनाबारे जानकारी गराएको थियो । त्यसबाहेक, नेपाली व्यवसायीका प्रतिनिधिमुलक संस्थाहरु र सम्बन्धित सरकारी निकायहरुबीच नेपाल र बेलायतको व्यापार अभिवृद्धिका लागि संयुक्त रुपमा गर्न सकिने प्रयासका बारेमा पनि विभिन्न छलफल र अन्तरक्रियात्मक कार्यक्रम बीएनसीसीले आयोजना गरेको थियो ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ