
रौतहट, २८ जेठ । केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ ।
जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर खड्का भन्नुहुन्छ, “गोरु पाल्ने कृषकका गोठ रित्तिएका छन्, हलो बनाउने सिकर्मीहरु कहाँ कता गए होलान ? के गर्दै होलान ?”
विगत २० वर्ष अघिको सम्झना गर्दै चन्द्रपुर नगरपालिका–१२ का कृषक एकराज पोखरेल भन्नुहुन्छ, “अब त्यस्तो जमाना नै कहाँ रह्यो र ? कृषक सबै सुविधामुखी भए । अब हुँदा हुँदा त दुःखीले गर्ने भनिएको कृषि व्यवसाय तराईमा सुखीले गर्ने व्यवसाय पो भएको छ ।”
उहाँले भन्नुभयो, “जिल्लाका अधिकांश खेती गोरुले जोतेर भ्याउँथ्यो तर कृषिमा आध्ुनिक प्रविधि भित्रिएपछि पुराना चलन सबै हराए ।” बर्खा सुरु हुनैलाग्दा यहाँका खेत खाली हुने क्रममा रहेका छन् र कतिपय जमिन खाली भइसकेका छन् । तराईका जिल्लामा केही वर्षदेखि कृषि यान्त्रिकीकरणको प्रयोग गर्ने क्रम बढेको छ । जोत्ने, माटो सम्याउने, फसल ओसार–पसार गर्ने, मकै झार्ने, गहुँ, मुसुरो काट्ने र भित्र्याउने काम सबै कृषि यान्त्रिकीकरणले गर्ने गरेको छ जसका कारण कृषकलाई सुविधा पुगेको छ ।
त्यति मात्र होइन एकदमै कम समयमा खेतमै पाक्न लागेको गहुँ एकैपटक थ्रेसिङ गरेर कृषकको बोरामा हाल्ने हार्भेस्टर मेसिन पनि यस क्षेत्रका कृषकले केही वर्षदेखि प्रयोग गरिरहेका छन् । अब त मुलुकमा धान रोप्ने मेसिनसमेत भित्रिसकेको छ । धान रोप्ने मेसिनको प्रयोगले खर्चमा पनि कमी आउने अपेक्षा गरिएको छ । करिब रु १४ लाख पर्ने ट्र्याक्टर किनेर कतिपयले आवश्यकताअनुसार रोटाभेटर, टे«लर, थ्रेसर, कल्टी, तावाको प्रयोग गरी कृषकलाई सहजता प्रदान गर्दै आएका छन् ।
कृषिमा यान्त्रिकीकरणको प्रयोगमा वृद्धि भइरहे तापनि कृषकमा आवश्यक प्राविधिक ज्ञानको भने अभाव छ । कृषिमा यान्त्रिकीकरणका आधुनिक प्रविधि भित्रिएसँगै एकै दिनमा खेत खाली गरेर रोप्न सकिने अवस्था आएको एक जना कृषक रामबहादुर कार्की बताउनुहुन्छ ।
उहाँका अनुसार कृषि यान्त्रिकीकरणको प्रयोग र विस्तारलाई प्रोत्साहन दिन सरकारले यान्त्रिक आयातमा विशेष सहुलियत दिने हो भने तराईको अन्न उत्पादनमा नसोचेको कायापलट हुन सक्दछ ।
एक तथ्याङ्क अनुसार नेपालमा कृषि यान्त्रिकीकरण दर ४० प्रतिशत पुगेको छ । कृषि यान्त्रिकीकरणमा भएको वृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग्गामध्ये १० लाख ३० हजार हेक्टर जग्गा ट्र्याक्टरबाट जोत्ने गरिएको छ ।
यसैगरी, कृषि यान्त्रिकीकरणको प्रयोगदर तराई क्षेत्रमा ६१ प्रतिशत, पहाडमा १५ प्रतिशत र हिमालमा दुई प्रतिशत छ । कृषिमा यान्त्रिकीकरण बिना फसल उत्पादनमा वृद्धि हुन नसक्ने भन्दै कृषकले विशेष अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा