लन्डन । विश्वविख्यात लर्डस क्रिकेट मैदानमा नेपालले खेल्ने क्रिकेट म्याचमा व्यापक सहभागिता गराउने उद्देश्यले लण्डनस्थित नेपाली दूतावासको संयोजनमा विभिन्न समिति गठन गरिएको छ । आउंदो जुलाई १९ मा बेलायतको प्रतिष्ठित एमसिसी क्लब र नेपालबीच हुने मैत्रीपूर्ण खेलमा कम्तीमा दश हजार दर्शक उतार्ने लक्ष्य लिएर बुधबार दूतावासमा भएको एक भेलाले ती समिति गठन गर्ने निर्णय गरेको हो ।
बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी भेलामा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । समितिमा एनआरएनए यूके, तमुधिं यूके र नेपाल पर्यटन बोर्डका मानार्थ यूके जनसम्पर्क प्रतिनिधिलाई सहसंयोजकको भूमिकामा राखिएको छ ।
भेलाले विभिन्न उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ । जसअनुसार एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक समितिको नेतृत्व गर्ने भएका छन् । खेलमा दर्शक संख्या बढाउने लक्ष्यसहित प्रचारप्रसार समिति पनि गठन गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायतले संयोजन गर्ने सो समितिमा बेलायतस्थित पत्रकार तथा सञ्चारकर्मीहरुलाई सदस्य राखिनेछ ।
त्यसैगरी युवा परिचालनको मुख्य उद्देश्यसहित समिर गुरुङको नेतृत्वमा युवा परिचालन समिति गठन गर्ने निर्णय भएको छ भने कृष्णप्रसाद शर्माको संयोजकत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको छ । बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई आ आफ्ना तर्फबाट स्वयसेवकहरु पठाउन आव्हान गरिएको छ ।
भेलामा डा कपिल रिजाललाई गैर नेपाली समुदायका दर्शकलाई खेल हेर्न उपस्थित गराउने कार्यका लागि पहल गर्ने जिम्मा दिइएको छ । त्यसैगरी पत्रकार एभरेष्ट गौतमलाई पिआर व्यवस्थापनको जिम्मा लगाइएको छ भने टिकेटिङमा राजन खकुरेल र विनोदविकास सिंखडाले संयोजन गर्ने भएका छन् । यी सबै समितिहरु गठन तथा संयोजक चयनका लागि कार्यवाहक राजदूत तेजबाहदुर क्षेत्रीले गरेका प्रस्तावमा भेलाले विभिन्न सुझावसहित समर्थन जनाएको थियो ।
कावा राजदूत क्षेत्रीले खेल हुने दिनमा गोर्खा ब्रिगेड ब्याण्ड र प्रथम नौमति बाजा गुल्मी यूकेका विशेष प्रस्तुतिसहित अन्य सांस्कृतिक कार्यक्रम देखाउने तयारी समेत भएको जानकारी भेलालाई गराएका थिए ।
भेलामा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसहित झण्डै छ दर्जन सहभागी थिए । भेलाका सहभागीहरुले नेपालका लागि ऐतिहासिक महत्वको यो खेलमा एमसिसी क्लबको अपेक्षाअनुसार कम्तीमा दश हजार दर्शक उतार्न आ आफना तर्फबाट भरपुर पहलका लागि प्रतिवद्धता जनाए ।
त्यसअवसरमा पर्यटन बोर्ड यूकेका जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, तमु धि यूके अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाल पत्रकार महासंघ बेलायतका उपाध्यक्ष ध्रुबराज अर्याल, युवा प्रतिनिधि समिर गुरुङ, समाजसेवी ध्रुब केसी लगायतले खेलमा सक्दो बढि दर्शक सहभागी गराउनका लागि आ आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
खेलमा सहभागी हुने दर्शकका लागि नेपाली क्रिकेट जर्सी बिक्री गर्ने उद्देश्यले आयोजकहरुकै तर्फबाट एक हजार जर्सी अर्डर गरिएको आर्थिक समिति संयोजक दीपक श्रेष्ठले जानकारी गराएका थिए । सोहि प्रयोजनमा आवश्यक रकमका लागि डा कपिल रिजाल, विजय थापा, कुल आचार्य लगायतले एक हजार पाउण्डका दरले ऋण सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । दिउंसो साढे ४ देखि झण्डै दुई घण्टासम्म चलेको कार्यक्रमको सञ्चालन दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीले गरेका थिए ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’