काठमाडौँ, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको परिवारको स्वामित्वमा मुलुकभर रहेको अचल सम्पत्ति रोक्का गर्न निर्देशन दिएको छ ।
आयोगले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र मालपोत कार्यालयलाई निर्देशन दिएको जनाइएको छ । आयोगले स्व रानी जगदम्बाका नाममा स्थापित जगदम्बा दातव्य औषधालय तथा स्व मदनशम्शेर राणाका नाममा स्थापित मदनधारा समितिका नाममा मुलुकका विभिन्न भागका रहेको जग्गा अनियमितता नहोस् र गैरकानुनी रुपमा प्रयोग नहोस् भन्ने ध्येयका साथ रोक्का गर्न भनिएको जनाइएको छ ।
रानी जगदम्बाले विसं २०१५ असोज २४ गतेको लिखतद्वारा आफ्नो नाम अमर राख्ने उद्देश्यले जगदम्बा दातव्य औषधालय स्थापना गर्न आफ्ना सचिव कमलमणि दीक्षितलाई सञ्चालक समितिको सदस्य बनाउने सर्तमा ४० हजार कम्पनी दिएको, सोही उद्देश्यअनुसार तेह्रथुम जिल्लाको आठराई सङ्क्रान्ति र मोरङको दुलारी– ५ मा ४८ बिघा खरिद गरेको अनुसन्धानका क्रममा देखिएको आयोगले जनाएको छ ।
यस्तै पाटन कलेजलाई दिइएको भनिएको ललितपुर उपमहानगरपालिका–३ अन्तर्गतका कित्ता ८०, ८१, ८२, ८३, ८४ र ८५ को पाँच रोपनी जग्गा पनि जगदम्बा प्रेसको नाममा दर्ता गरेको देखिएको जनाउँदै आयोगले कनकमणि र कुन्द दीक्षित तथा उहाँको परिवारको नाममा रहेका अन्य सबै जग्गा पनि रोक्का लगाउनुपर्ने देखिएको आयोगको भनाइ छ ।
आयोगले यही जेठ १६ गतेको निर्णयानुसार कमलमणि र उहाँका परिवारका अन्य सदस्यको नातेदारले हदबन्दीभन्दा बढी लुकाइराखेको १७ रोपनी १३ आना जग्गाका बारे भूमिसुधार ऐन २०२१ बमोजिम कारबाहीका लागि सरकारका विभिन्न निकायलाई पत्राचार गरिएको जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग