काठमाडौँ, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको परिवारको स्वामित्वमा मुलुकभर रहेको अचल सम्पत्ति रोक्का गर्न निर्देशन दिएको छ ।
आयोगले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र मालपोत कार्यालयलाई निर्देशन दिएको जनाइएको छ । आयोगले स्व रानी जगदम्बाका नाममा स्थापित जगदम्बा दातव्य औषधालय तथा स्व मदनशम्शेर राणाका नाममा स्थापित मदनधारा समितिका नाममा मुलुकका विभिन्न भागका रहेको जग्गा अनियमितता नहोस् र गैरकानुनी रुपमा प्रयोग नहोस् भन्ने ध्येयका साथ रोक्का गर्न भनिएको जनाइएको छ ।
रानी जगदम्बाले विसं २०१५ असोज २४ गतेको लिखतद्वारा आफ्नो नाम अमर राख्ने उद्देश्यले जगदम्बा दातव्य औषधालय स्थापना गर्न आफ्ना सचिव कमलमणि दीक्षितलाई सञ्चालक समितिको सदस्य बनाउने सर्तमा ४० हजार कम्पनी दिएको, सोही उद्देश्यअनुसार तेह्रथुम जिल्लाको आठराई सङ्क्रान्ति र मोरङको दुलारी– ५ मा ४८ बिघा खरिद गरेको अनुसन्धानका क्रममा देखिएको आयोगले जनाएको छ ।
यस्तै पाटन कलेजलाई दिइएको भनिएको ललितपुर उपमहानगरपालिका–३ अन्तर्गतका कित्ता ८०, ८१, ८२, ८३, ८४ र ८५ को पाँच रोपनी जग्गा पनि जगदम्बा प्रेसको नाममा दर्ता गरेको देखिएको जनाउँदै आयोगले कनकमणि र कुन्द दीक्षित तथा उहाँको परिवारको नाममा रहेका अन्य सबै जग्गा पनि रोक्का लगाउनुपर्ने देखिएको आयोगको भनाइ छ ।
आयोगले यही जेठ १६ गतेको निर्णयानुसार कमलमणि र उहाँका परिवारका अन्य सदस्यको नातेदारले हदबन्दीभन्दा बढी लुकाइराखेको १७ रोपनी १३ आना जग्गाका बारे भूमिसुधार ऐन २०२१ बमोजिम कारबाहीका लागि सरकारका विभिन्न निकायलाई पत्राचार गरिएको जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]