लन्डन । गायिका ज्योतिमगरको पहिलो शो शनिवार थियो अल्डरसटस्थित एम्पायर हलमा । ‘हट एण्ड सेक्सी’ उपमा पाएकी ज्योति पहिलो हाफ गुन्यूचोलीमा प्रस्तुत हुंदा दर्शकदीर्घा निराश बन्यो ।
कसैले हलबाट प्याच्च भन्यो, ‘ज्योतिको हट पहिरन त देख्नै पाइएन ।’ आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईकै चाहना थियो ज्योतिलाई शुरुवातमा गुन्यूचोलीमा उतार्ने । तर, दर्शकले ज्योतिलाई अर्धनग्न पहिरनमा खोजेपछि सेकेन्ड हाफमा ज्योति आइन् छोटो ड्रेसमा जसबाट थाइ र वक्षस्थल प्रष्ट देखिन्थ्यो ।
‘त्यसपछि हल थर्कियो’, सपन स्मरण गर्छन्, ‘ज्योतिको तडकभडक हाउभाउ नै दर्शक रोजाइमा रहेछ ।’ पहिलो शो अत्यधिक सफल भएको सपनले जनाए । गायिका ज्योति र भद्रगोलका बले एवं कक्रोजले झण्डै तीनघण्टा लगातार दर्शकलाई मनोरन्जन दिलाए । बले र कक्रोज चाहिं हांस्यव्यंग्य प्रस्तुत गर्न तल्लीन थिए ।
सपन इन्टरटेनमेन्ट लिमिटेडको ‘बबाल धमाका’ का लागि कलाकारत्रय गत साता बेलायत आइपुगेका हुन् । सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईका अनुसार, यी कलाकारको कार्यक्रम ११ जुनमा फोकस्टोन हकिन्ज कम्युनिटी सेन्टरमा, १२ मा ह्यारो बरो फुटबल क्लब, १३ मा लेष्टर नेपाली साझा कम्युनिटी लेस्टर, १७ मा फेल्थाम कम्युनिटी कलेज, १८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा हुने तय भइसकेको छ भने अन्यत्र शहरमा पनि कार्यक्रम गरिंदैछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते