लन्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामा विरुद्धको मुद्दामा लण्डनको ओल्ड बेली अदालतमा सुनुवाइको प्रकृया शुरु भएको छ।
सोमबार बिहान साढे दशबजे उक्त फौज्दारी अदालतमा जस्टीस स्वीनीको इजलासमा सुनुवाइसंबन्धी प्रकृया शुरु भएको हो ।
सुनुवाइ ६ देखि ८ हप्तासम्म र फैसला पनि यसैपटक हुने बताइएको छ ।
ब्रिटिश प्रहरीले महासेनानी लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारण लाई यातना दिएको अभियोग लगाएको छ ।
तर, लामाले ती आरोपहरु अस्वीकार गरेका छन् ।
दक्षिण सुडानस्थित संयु्क्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा आफ्नो परिवार भेटन ब्रिटेन आएका लामालाई सन् २०१३ को जनवरी महिनामा लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो ।
झण्डै अढाइ महिना पछि उनलाई धरौटीमा रिहा गरिएको थियो।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले लामालाई तत्काल रिहा गर्न माग गर्दै ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनलाई पत्र लेखेका थिए ।
गत पुष महिनामा बेलायतको औपचारिक भ्रमणकाक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले कर्णेल कुमार लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारसमक्ष अनुरोध गरेका थिए । मन्त्री थापाले बेलायतका लर्ड चान्सलर एवं कानुनमन्त्री माइकल गोभलाई भेटी त्यस्तो अनुरोध गरेका थिए ।
लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८, १३४) अन्तर्गत मुद्दा चलाइएको छ । अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि गतवर्ष लामाको मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।
बेलायती कानुनमन्त्रीसंगको भेटमा थापाले नेपालमा संक्रमणकालिन न्यायमा सुधार भइरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको पृष्ठभूमिमा लामो समयदेखि मुल्तवीमा रहेको कर्णेल लामाको मुद्दा टुंग्याइदिन अनुरोध गरेका थिए । प्रतिउत्तरमा गोभले कर्णेल लामाको केस समाधान गर्न सक्दो कोसिस गर्ने वचन दिएका थिए ।
लामा पक्राउ परे यता नेकपा माओवादीका वरिष्ठ नेताहरुले ब्रिटेनको भ्रमण गरेका छैनन् । इकान्तिपुर
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च