लन्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामा विरुद्धको मुद्दामा लण्डनको ओल्ड बेली अदालतमा सुनुवाइको प्रकृया शुरु भएको छ।
सोमबार बिहान साढे दशबजे उक्त फौज्दारी अदालतमा जस्टीस स्वीनीको इजलासमा सुनुवाइसंबन्धी प्रकृया शुरु भएको हो ।
सुनुवाइ ६ देखि ८ हप्तासम्म र फैसला पनि यसैपटक हुने बताइएको छ ।
ब्रिटिश प्रहरीले महासेनानी लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारण लाई यातना दिएको अभियोग लगाएको छ ।
तर, लामाले ती आरोपहरु अस्वीकार गरेका छन् ।
दक्षिण सुडानस्थित संयु्क्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा आफ्नो परिवार भेटन ब्रिटेन आएका लामालाई सन् २०१३ को जनवरी महिनामा लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो ।
झण्डै अढाइ महिना पछि उनलाई धरौटीमा रिहा गरिएको थियो।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले लामालाई तत्काल रिहा गर्न माग गर्दै ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनलाई पत्र लेखेका थिए ।
गत पुष महिनामा बेलायतको औपचारिक भ्रमणकाक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले कर्णेल कुमार लामाको मुद्दा छिटो टुंगो लगाइदिन बेलायत सरकारसमक्ष अनुरोध गरेका थिए । मन्त्री थापाले बेलायतका लर्ड चान्सलर एवं कानुनमन्त्री माइकल गोभलाई भेटी त्यस्तो अनुरोध गरेका थिए ।
लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८, १३४) अन्तर्गत मुद्दा चलाइएको छ । अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि गतवर्ष लामाको मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।
बेलायती कानुनमन्त्रीसंगको भेटमा थापाले नेपालमा संक्रमणकालिन न्यायमा सुधार भइरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको पृष्ठभूमिमा लामो समयदेखि मुल्तवीमा रहेको कर्णेल लामाको मुद्दा टुंग्याइदिन अनुरोध गरेका थिए । प्रतिउत्तरमा गोभले कर्णेल लामाको केस समाधान गर्न सक्दो कोसिस गर्ने वचन दिएका थिए ।
लामा पक्राउ परे यता नेकपा माओवादीका वरिष्ठ नेताहरुले ब्रिटेनको भ्रमण गरेका छैनन् । इकान्तिपुर
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह