
साहसिक पर्यटन प्रवद्र्धन गर्न नेपाल क्यानोनिङ सङ्घद्वारा नुवाकोट थानापती गाविसको ३०, १५ र ६० मिटरको अग्लो झरनामा आयोजना गरेको दुई दिने क्यानोनिङ(छाँगावरोहण) महोत्सवमा सहभागी हुँदै युवायुवती । महोत्सवमा जोखिमपूर्ण खेलप्रति रुचि राख्ने करिव दुईसय नेपालीले क्यानोनिङ गरेका थिए । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस
थानापति(नुवाकोट), २३ जेठ । साहसिक पर्यटनका रुपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ ।
राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो । “क्यानोनिङ शतप्रतिशत सुरक्षित तर साहसिक खेल हो भन्ने सन्देश नेपालीमाझ पुरयाउन महोत्सव गरिएको हो । महोत्सवमा युवा र विद्यार्थीको उल्लेखनीय सहभागिता रह्यो,” अध्यक्ष लामाले भन्नुभयो । सहभागीलाई ३०, १५ र ६० मि लामो झरनामा तीन खण्डमा तल झर्न सिकाइएको थियो ।
दक्ष क्यानोनिङ प्रशिक्षकले उनीहरुलाई सफलतापूर्वक छाँगावरोहणको प्राविधिक र व्यावहारिक ज्ञान दिएको प्रशिक्षक डवीन्द्र लामाले बताउनुभयो । “अधिकांश सहभागी पहिलो पटक क्यानोनिङमा सहभागी थिए, साहसिक खेलका रुपमा आन्तरिक पर्यटकमाझ यो लोकप्रिय हुँदै गएको छ,” एसोसिएसनका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेतले बताउनुभयो । संस्थाले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ । नेपालमा स्वदेशी तथा विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जान्छन् ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा शुक्रबार र शनिबार आयोजित महोत्सवमा दुई सय सहभागी थिए । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँ सहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।
होटल व्यवस्थापनमा स्नातकोत्तर अध्ययनरत मुकेश शाहले पहिलो चोटि साहसिक खेलमा सहभागी हुन पाउँदा उत्सुकता र रोमाञ्चकता महसुस गर्न पाएको बताउँदै साहसिक पर्यटनका रुपमा यसको महत्व छ भन्नुभयो ।
सो झरनामा दशदिने क्यानोनिङ प्रशिक्षक प्रशिक्षण पनि जारी छ । त्यसमा दश जनाको सहभागिता छ । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहण जस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादन तयार गर्ने उद्देश्य रहेको संस्थाका महासचिव राजेश लामा तामाङले बताउनुभयो ।
जलयात्रा, पदयात्रा, पर्वतारोहरणसँगै नेपालमा पछिल्लो समयमा नयाँ पर्यटकीय गतिविधिका रुपमा डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने जोखिमपूर्ण तथा साहसिक खेलप्रतिको आकर्षण बढ्दो छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]