
काठमाडौँ । ब्लगर तथा उत्साही पदयात्री लेक्स लिम्बुले ‘मेरा पिक’ (६,४७६ मि.)को हिमाल सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
लिम्बुले बुधबार ८ अक्टोबर २०२५ को बिहान ६:२१ मा मेरा पिक सफल आरोहण गर्नुभएको विज्ञप्तिमार्फत जनाएका छन् । उहाँले यो आरोहण युवाको विकास र सशक्तिकरणका लागि समर्पित गर्नुभएको छ ।
उच्च हिमाल आरोहण मार्गदर्शक मिङ्मा शेर्पा र थामसेरकु ट्रेकिङ एजेन्सीका पासाङ फुरा शेर्पा तथा पेम्बा शेर्पाको साथमा लिम्बुले दुई साताको यात्रामा सुन्दर गाउँहरू सुर्के, पैंया र पाङ्गोम हुँदै आरोहण गर्नुभएको विज्ञफ्तिमा उल्लेख छ ।
मेरा पिक आरोहणपछि लिम्बुले भन्नुभएको छ, ‘नेपालमा भएका अनेकौँ हिमालहरूमध्ये जीवनमा कम्तीमा एउटा चढ्ने मेरो सपना थियो । मेरा पिक नै त्यो सपना हो । यो यात्रा सम्भव बनाउन साथ दिने धेरै शेर्पाहरूलाई धन्यवाद । मेरो अर्को ठूलो सपना २०२६ मा नेपालका उज्ज्वल युवाहरूमुखी युथ क्याम्प सञ्चालन गर्नु हो। यो मेरो जीवनकै अहिलेसम्मको सबैभन्दा कठिन कार्य हो ।”
शिखरमा पुगेपछि लिम्बुले गर्वका साथ एआरओएएन नामक नेपाली ब्रान्डको पोसाक लगाउनुभएको थियो, जसको अर्थ नै ‘शिखरमा पुग्ने’ भन्ने हुन्छ । उहाँले उच्च हिमाली यात्रामा उपयुक्त बीमा हुनु कत्तिको जरुरी हुन्छ भन्ने कुरा सामाजिक सञ्जालमार्फत जोड दिनुभएको थियो । लिम्बु यस आरोहणका लागि एएससी ३६० (एड्भेन्चर स्पोर्ट्स कभर) बाट बीमित हुनुहुन्थ्यो ।
नेपालमा करिब २.५ वर्षदेखि बस्दै आउनुभएका लिम्बु डिजिटल मिडियामा चर्चित हुनुहुन्छ र उहाँले दैनिक रूपमा आफ्नो यात्राका अपडेटहरू साझा गर्नुभएको थियो ।
आगामी आरोहणबारे मौन रहे पनि उहाँले आफ्नो ध्यान युथ क्याम्प २०२६ मा केन्द्रित गर्ने बताउनुभएको छ । जसले युवालाई सिक्ने, नेटवर्किङ गर्ने र मार्गदर्शन पाउने अवसर दिने विश्वास गरिएको छ ।
मेरा पिक नेपालकै सबैभन्दा अग्लो ट्रेकिङ पीक हो, जुन प्रायः पहिलोपटक आरोहण गर्नेहरूका लागि लोकप्रिय विकल्प मानिन्छ । मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस शिखरबाट सगरमाथासहितका हिमशृङ्खलाको विहंगम दृश्य अवलोकन गर्न सकिन्छ ।


नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता