
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
आयोगले बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
तत्कालिन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । आयोगले तत्कालिन मन्त्री गुप्ताविरुद्ध रु ७८ लाख, पूर्वमन्त्री श्रेष्ठविरुद्ध रु ७८ लाख, मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध रु ५३ लाख, घरजग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङविरुद्ध रु ७८ लाख, प्रतिवादी खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध रु २५ लाख, प्रतिवादी यामकुमारी गुरुङविरुद्ध रु ७८ लाख, प्रतिवादी तुल्सीराम बुढा मगरविरुद्ध रु ७८ लाख विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता