
लन्डन । लन्डन र नयाँदिल्लीबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर भएको केही महिनापछि बेलायती प्रधानमन्त्री किर स्टार्मर बुधबार भारत आइपुग्नुभएको छ ।
यो उहाँको भारतको पहिलो आधिकारिक भ्रमण हो । भ्रमणबाट दुई देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ । उहाँसँग १२५ सदस्यीय प्रतिनिधिमण्डल समेत आएको छ । प्रतिनिधिमण्डलमा ब्रिटिश एयरवेजका प्रमुख सिइओ सीन डोयल लगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन् ।
दुई दिने यो भ्रमण स्टार्मर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जुलाईमा लन्डनमा भएको भेटपछि भएको हो । लन्डनमा दुवै नेताले दीर्घ प्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
स्टार्मरले बिहीबार मोदीसँग भेटवार्ता गर्ने र त्यसपछि मुम्बईमा आयोजित फिनटेक सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एक विज्ञप्तिमा प्रधानमन्त्री स्टार्मरले भन्नुभएको छ, “सन् २०२८ सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने क्रममा छ र उनीहरूसँग व्यापार छिटो र सस्तो बनाउने अवसरहरू अतुलनीय छन् ।”
भारत र यसको पूर्व औपनिवेशिक शासक बेलायत हाल विश्वका पाँचौँ र छैटौँ ठूलो अर्थतन्त्र हुन् । दुवै देशबीच करिब ५४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार र लगानीले छ लाखभन्दा बढी रोजगारीलाई समर्थन पुर्याएको छ ।
भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले भारत–बेलायतबीच अग्रगामी साझेदारी निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्ने बहुमूल्य अवसर प्रदान गर्नेछ ।”
नयाँ सम्झौताअनुसार भारतले ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणजस्ता ब्रिटिस वस्तुहरूमा आयात कर घटाउने भएको छ भने बेलायतले कपडा, जुत्ता र भारतबाट फ्रोजन झिँगेमाछा लगायतका खाद्य वस्तुहरूमा भन्सार शुल्क कम गर्ने सहमति जनाएको छ ।
तर प्रधानमन्त्री स्टार्मरले उद्योग क्षेत्रको दबाबका बावजुद भारतीय पेशेवरहरूका लागि भिसा पहुँच विस्तार गर्न अस्वीकार गर्नुभएको छ । मुम्बईतर्फ जाँदै गर्दा उहाँले पत्रकारहरूलाई भन्नुभयो, “त्यो योजनाको हिस्सा होइन । हामीले हस्ताक्षर गरिसकेको व्यापार सम्झौताबाट फाइदा लिनु नै हाम्रो उद्देश्य हो—अब त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।”
यसैबीच, मानवअधिकार समूहहरूले प्रधानमन्त्री स्टार्मरलाई सन् २०१७ देखि भारतमा हिरासतमा रहेका स्कटिस सिख ब्लगर जगतर सिंह जोहलको मुद्दा उठाउन आग्रह गरेका छन् ।
जोहालमाथि दक्षिणपन्थी हिन्दू नेताहरूको हत्याको कथित षड्यन्त्रको आरोप लगाइएको थियो, तर अहिलेसम्म उनलाई दोषी ठहर गरिएको छैन । उनीविरुद्धका नौमध्ये एउटा आरोप गत मार्चमा अदालतले खारेज गरिसकेको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने