
वेल्स । नेपाली राजदूतावास लन्डनबाट वेल्सको राजधानी कार्डिफस्थित वाईएमसीए प्लस भवनमा राहदानी सेवासहितको कन्सुलर शिविर सम्पन्न भएको छ।
एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको संयोजन तथा एनआरएनए यूकेको सहकार्यमा दूतावासले ११ अक्टुबरका दिन कन्सुलर शिविर सम्पन्न गरेको हो । बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो ।
कार्यक्रमको प्रारम्भमा एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सका अध्यक्ष डा. विकास रानाभाटले राजदूतावासबाट आएका प्रतिनिधिहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गरे भने प्रमुख संरक्षक रामचन्द्र पोखरेलले सम्मानस्वरूप खादा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा राहदानी नवीकरण, जन्म दर्ता तथा नागरिकता सम्बन्धी कन्सुलर कार्यहरू सहज रूपमा सम्पन्न भए । सेवा लिन आएका नागरिकहरूलाई द्रुत र व्यवस्थित सेवा प्रदान गर्न राज्य समन्वय परिषद् वेल्सबाट उपाध्यक्ष बलराम अधिकारी, सचिव डा. अमरध्वज मल्ल, सहसचिव सञ्जीव मैनालीको सक्रिय भूमिका थियो।
कुम्ब्रान क्षेत्रको समन्वय नरेन्द्र लिम्बुले गरेका थिए । उक्त शिविरबाट ब्रेकन, कुम्ब्रान, एबर्गाभेनी, न्यूपोर्ट, स्विन्डन, ब्रिजेन्ड र कार्डिफ लगायतका स्थानबाट आएका सेवाग्राही लाभान्वित भएका छन्।
साथै, राज्य समन्वय परिषद् वेल्सले प्रवासी नेपालीका हितका लागि आयोजना गरिएका कार्यक्रमहरूको हौसला र समर्थन जनाउन उक्त कार्यक्रममा पूर्व अध्यक्ष विभुषणमान श्रेष्ठ, सल्लाहकारहरू लक्ष्मी केसी र निरलाल मोक्तान, नेपाली समाज वेल्सकी उपाध्यक्ष शोभा राणा पोखरेल तथा उक्त समाजका पूर्व अध्यक्ष मतिप्रसाद पुनको पनि सक्रिय उपस्थिति थियो।
राज्य समन्वय परिषद् वेल्सले उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, स्थानीय संघसंस्था तथा सेवाग्राहीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि वेल्सवासी प्रवासी नेपालीका हितमा यस्ता सामुदायिक कार्यक्रमहरू निरन्तर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा