भक्तपुर, २३ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने बताउनुभएको छ ।
ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तक्र्रियामा उहाँले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गर्नुभयो । मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
दश वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी देश बनाउने लक्ष्य रहेको बताउँदै उहाँले भन्नुभयो, “यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ ।”
भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक