काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको छ ।
अपराह्न अस्पताल पुग्नुभएका उहाँले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताउनुभएको थियो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत हुनुहन्छ । भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो ।
गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहनुभएका चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भन्नुभयो – “अहिले उहाँको स्वास्थ्यस्थिति हिजो(शनिबार)कै जस्तो सामान्य छ ।”
गुरुङ गए राति १ः३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने