काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको छ ।
अपराह्न अस्पताल पुग्नुभएका उहाँले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताउनुभएको थियो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत हुनुहन्छ । भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो ।
गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहनुभएका चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भन्नुभयो – “अहिले उहाँको स्वास्थ्यस्थिति हिजो(शनिबार)कै जस्तो सामान्य छ ।”
गुरुङ गए राति १ः३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते