लन्डन । बेलायत प्रहरीमा नेपालीलाई भर्ना गर्न शिविर नै सञ्चालन हुने भएको छ । ह्याम्पसायर कन्सट्याबुलरीले आगामी जुन ११ का दिन अल्डरसटस्थित एम्पायर हलमा ‘रिक्रुटमेन्ट इभेन्ट’ राखेको हो । शिविरमा प्रहरी अधिकृतहरुले प्रहरी सेवा, यसका क्राइटेरिया, काम कर्तव्य लगायतबारे जानकारी दिंदै भर्ना लिनेछन् । दिउसो २ देखि सांझ ७ बजेसम्म चल्नेछ इभेन्ट ।
उक्त क्षेत्रमा भूपू गोर्खा र तिनका परिवारको बाहुल्यता छ ।
पिसी (पुलिस कन्सटेबल), पिसीएसओ (पुलिस कम्युनिटी सपोर्ट अफिसर), एससी (स्पेशल कन्सटेबल) लगायत पदमा भर्ना लिन शिविर आयोजना गरिएको एक नेपाली पिसीएसओले जनाइन् । बेलायतमा नेपाली समुदायभित्र यस खालको रिक्रुटमेन्ट इभेन्ट पहिलो भएको र आगामी दिनमा नेपालीको घना वस्ती भएको ठाउंमा गएरै भर्ना लिइने योजना भएको उनले जानकारी दिइन् ।
नेपालीको छवि र ‘इथ्नीक माइनोरिटी’ लाई पनि अनिवार्य समावेश गर्ने
प्रहरी नीतिले नेपालीलाई अवसर मिल्दै गएको हो । ‘नेपालीको जनसंख्या वृद्धिसंगै नेपाली प्रहरीको खांचो पनि बढेको छ’, ति पिसीएसओले भनिन्, ‘नेपाली हुंदा स्थानीय समुदाय झन् लाभान्वित हुनेछ ।’
ब्रिटिश आर्मीमा गोर्खाहरुको उच्च प्रतिष्ठाबीच प्रहरीमा पनि नेपालीको प्रवेश बढ्दै गएको छ । यस सेवामा हालसम्म दर्जन बढि नेपालीको प्रवेश भइसकेको छ । बेलायत प्रहरी सेवामा आकर्षक तलव सुविधा छ । अंग्रेजी बोल्न, लेख्न जान्ने र भिजा स्टाटस भएपछि यसमा छिर्न त्यत्ति अप्ठेरो नभएको काम गरिसकेका नेपाली प्रहरीको अनुभव छ ।
शान्ति सुरक्षा कायम गराउने, अपराध अनुसन्धान, कानुन पालना, अपराधीलाई गिरफ्तार गरि कानुनी कठघरामा उभ्याउने आदि दायित्व पिसीको कांधमाथि छ भने पिसीएसओले विशेष गरि स्थानीय समुदायसंग निकट रहेर उनीहरुलाई सुरक्षा प्रत्याभूति गराउने, अपराध न्यूनीकरण गर्ने आदि दायित्व बोकेका हुन्छन् । उनीहरु स्थानीय समुदायमा गस्तीमा हिंड्ने र कुनै असामाजिक तथा अपराधिक क्रियाकलापको रिपोर्टिङ पनि गर्छन् । स्थानीय जनतालाई परामर्श दिने र अन्य पुलिस अफिसरहरुलाई सहयोग गर्ने पिसीएसओेको भूमिका हो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश