लन्डन । बेलायत प्रहरीमा नेपालीलाई भर्ना गर्न शिविर नै सञ्चालन हुने भएको छ । ह्याम्पसायर कन्सट्याबुलरीले आगामी जुन ११ का दिन अल्डरसटस्थित एम्पायर हलमा ‘रिक्रुटमेन्ट इभेन्ट’ राखेको हो । शिविरमा प्रहरी अधिकृतहरुले प्रहरी सेवा, यसका क्राइटेरिया, काम कर्तव्य लगायतबारे जानकारी दिंदै भर्ना लिनेछन् । दिउसो २ देखि सांझ ७ बजेसम्म चल्नेछ इभेन्ट ।
उक्त क्षेत्रमा भूपू गोर्खा र तिनका परिवारको बाहुल्यता छ ।
पिसी (पुलिस कन्सटेबल), पिसीएसओ (पुलिस कम्युनिटी सपोर्ट अफिसर), एससी (स्पेशल कन्सटेबल) लगायत पदमा भर्ना लिन शिविर आयोजना गरिएको एक नेपाली पिसीएसओले जनाइन् । बेलायतमा नेपाली समुदायभित्र यस खालको रिक्रुटमेन्ट इभेन्ट पहिलो भएको र आगामी दिनमा नेपालीको घना वस्ती भएको ठाउंमा गएरै भर्ना लिइने योजना भएको उनले जानकारी दिइन् ।
नेपालीको छवि र ‘इथ्नीक माइनोरिटी’ लाई पनि अनिवार्य समावेश गर्ने
प्रहरी नीतिले नेपालीलाई अवसर मिल्दै गएको हो । ‘नेपालीको जनसंख्या वृद्धिसंगै नेपाली प्रहरीको खांचो पनि बढेको छ’, ति पिसीएसओले भनिन्, ‘नेपाली हुंदा स्थानीय समुदाय झन् लाभान्वित हुनेछ ।’
ब्रिटिश आर्मीमा गोर्खाहरुको उच्च प्रतिष्ठाबीच प्रहरीमा पनि नेपालीको प्रवेश बढ्दै गएको छ । यस सेवामा हालसम्म दर्जन बढि नेपालीको प्रवेश भइसकेको छ । बेलायत प्रहरी सेवामा आकर्षक तलव सुविधा छ । अंग्रेजी बोल्न, लेख्न जान्ने र भिजा स्टाटस भएपछि यसमा छिर्न त्यत्ति अप्ठेरो नभएको काम गरिसकेका नेपाली प्रहरीको अनुभव छ ।
शान्ति सुरक्षा कायम गराउने, अपराध अनुसन्धान, कानुन पालना, अपराधीलाई गिरफ्तार गरि कानुनी कठघरामा उभ्याउने आदि दायित्व पिसीको कांधमाथि छ भने पिसीएसओले विशेष गरि स्थानीय समुदायसंग निकट रहेर उनीहरुलाई सुरक्षा प्रत्याभूति गराउने, अपराध न्यूनीकरण गर्ने आदि दायित्व बोकेका हुन्छन् । उनीहरु स्थानीय समुदायमा गस्तीमा हिंड्ने र कुनै असामाजिक तथा अपराधिक क्रियाकलापको रिपोर्टिङ पनि गर्छन् । स्थानीय जनतालाई परामर्श दिने र अन्य पुलिस अफिसरहरुलाई सहयोग गर्ने पिसीएसओेको भूमिका हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते