लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले गत वर्ष जस्तै यस वर्ष पनि टेन के फन रनलाई निरन्तरता दिने भएको छ । कम्युनिटीले रसमुर बरो काउन्सिल, ब्ल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के फन रनलाई निरन्तरता दिने भएको हो । स्थानीय र नेपाली दुवै समुदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण सावित भएकाले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने निर्णय कम्युनिटीले गरेको छ ।
कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेका अनुसार, यसपटकको दौडमा गत वर्षभन्दा दोब्बर एकहजार जनाको सहभागिता गराउने लक्ष्य लिइएको छ ।
गत वर्ष दौडमा नेपाली र स्थानीय समुदायको बराबरी सहभागिता थियो ।
यस वर्ष सल्लाहकार मेजर रिटायर्ड खिम गौचन संयोजक र वरिष्ठ उपाध्यक्ष जीव बेल्बासे सहसंयोजक रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
आगामी ०४ अक्टुबर २०१६ आइतबार बिहान १० बजे शुरु हुने उक्त दौडमा सहभागी हुन इच्छुक व्यक्तिले २८ सेप्टेम्बर २०१६ भित्र अनलाइन दर्ता गरिसक्नु पर्ने संयोजक गौचनले बताए ।
गत बुधबार ०१ जुन २०१६ मा रसमुर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ राड्क्लिफ, सेक्रेटरी एण्डी राडक्लिफ, संयोजक मेजर रिटायर्ड खिम गौचन र सहसंयोजक जीव बेल्बासे समेतको बैठकले स्थानीय च्यारिटीलाई सपोर्ट, बढी भन्दा बढी सहभागिता, आवश्यक मार्सल र व्यापक प्रचार प्रसार गर्ने विषयमा छलफल भएको थियो । रसमुर क्षेत्रमामात्र नभई समस्त यूकेबासी नेपाली समुदायमा सहभागिताका लागि ग्रेटर रसमुर नेपाली कम्युनिटीले हार्दिक आव्हान गरेको वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले जनाए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह