लन्डन । विश्वविख्यात लन्डनस्थित लर्डस् क्रिकेट ग्राउण्डमा हुन लागेको एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल सफल बनाउन नेपाली समुदाय जुर्मुराएको छ ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको उपलक्ष्यमा आगामी जुलाई १९ तारिख मंगलबारका दिन पहिलोपटक लर्डस् ग्राउण्डमा नेपाली टिमले खेल्न लागेको हो । उक्त ऐतिहासिक खेल सफल बनाउन विभिन्न समिति गठन गरिएको छ ।
बुधबार सांझ लन्डनस्थित नेपाली दूतावासमा बसेको दूतावास पदाधिकारी, सञ्चारकर्मी र समाजका अगुवाहरुको बैठकले समिति गठन गर्दै उक्त खेल हेर्न कम्तीमा दश हजार दर्शक उतार्ने अठोट लिएको छ ।
बैठकले नेपाली दूतावासको संयोजकत्वमा संघसंस्था परिचालन समितिमा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी र एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमल्सिना, मिडिया संयोजकमा नवीन पोखरेल र गणेश खड्का, टिकेटिङमा राजन खकुरेल, पिआर कोअर्डिनेटरमा एभरेष्ट गौतम, आर्थिक व्यवस्थापन संयोजकमा एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ र भोलेन्टियर संयोजकमा कृष्णप्रसाद शर्मा छानेको छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले उक्त खेल नेपाल र नेपालीको इज्जतसंग जोडिएको उल्लेख गर्दै जुलाई १९ का दिन बिदा नै लिइ मैदानमा उपस्थित भइदिन आग्रह गरेका छन् । क्षेत्रीले प्रवेश शुल्कबाट संकलित रकमको केही हिस्सा नेपालको पुनर्निर्माणमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन अपिल गरे । उनले गैर आवासीय नेपाली संघ, बेलायतसहित प्रमुख नेपाली संघसंस्थालाई पत्राचार गरिसकिएको पनि जनाए ।
बैठकमा नेपाली समुदायका २०० जना प्रभावशाली व्यक्तित्वहरु छानी उनीहरुलाई खेलमा उत्साहजनक सहभागिताका लागि पहल गरिदिन आग्रह गर्ने निर्णय समेत भएको छ ।
बैठकले नेपालीको घनावस्ती भएको शहरमा स्वयंसेवकहरु परिचालन गरि टिकेट विक्रीलाई जोडका साथ अगाडि बढाउने निर्णय गरेको छ ।
उक्त खेल हेर्न एडल्टलाई प्रवेश शुल्क जम्मा १० पाउण्ड तोकिएको छ भने ६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनीकालाई निशुल्क हुनेछ । टिकेट अनलाइन वा खेल हुने दिन ढोकामा किन्न सकिनेछ ।
टिकेट अनलाइन किन्न https://tickets.lords.org/events.aspx
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा