लन्डन । विश्वविख्यात लन्डनस्थित लर्डस् क्रिकेट ग्राउण्डमा हुन लागेको एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल सफल बनाउन नेपाली समुदाय जुर्मुराएको छ ।
बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको उपलक्ष्यमा आगामी जुलाई १९ तारिख मंगलबारका दिन पहिलोपटक लर्डस् ग्राउण्डमा नेपाली टिमले खेल्न लागेको हो । उक्त ऐतिहासिक खेल सफल बनाउन विभिन्न समिति गठन गरिएको छ ।
बुधबार सांझ लन्डनस्थित नेपाली दूतावासमा बसेको दूतावास पदाधिकारी, सञ्चारकर्मी र समाजका अगुवाहरुको बैठकले समिति गठन गर्दै उक्त खेल हेर्न कम्तीमा दश हजार दर्शक उतार्ने अठोट लिएको छ ।
बैठकले नेपाली दूतावासको संयोजकत्वमा संघसंस्था परिचालन समितिमा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी र एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमल्सिना, मिडिया संयोजकमा नवीन पोखरेल र गणेश खड्का, टिकेटिङमा राजन खकुरेल, पिआर कोअर्डिनेटरमा एभरेष्ट गौतम, आर्थिक व्यवस्थापन संयोजकमा एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ र भोलेन्टियर संयोजकमा कृष्णप्रसाद शर्मा छानेको छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले उक्त खेल नेपाल र नेपालीको इज्जतसंग जोडिएको उल्लेख गर्दै जुलाई १९ का दिन बिदा नै लिइ मैदानमा उपस्थित भइदिन आग्रह गरेका छन् । क्षेत्रीले प्रवेश शुल्कबाट संकलित रकमको केही हिस्सा नेपालको पुनर्निर्माणमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन अपिल गरे । उनले गैर आवासीय नेपाली संघ, बेलायतसहित प्रमुख नेपाली संघसंस्थालाई पत्राचार गरिसकिएको पनि जनाए ।
बैठकमा नेपाली समुदायका २०० जना प्रभावशाली व्यक्तित्वहरु छानी उनीहरुलाई खेलमा उत्साहजनक सहभागिताका लागि पहल गरिदिन आग्रह गर्ने निर्णय समेत भएको छ ।
बैठकले नेपालीको घनावस्ती भएको शहरमा स्वयंसेवकहरु परिचालन गरि टिकेट विक्रीलाई जोडका साथ अगाडि बढाउने निर्णय गरेको छ ।
उक्त खेल हेर्न एडल्टलाई प्रवेश शुल्क जम्मा १० पाउण्ड तोकिएको छ भने ६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनीकालाई निशुल्क हुनेछ । टिकेट अनलाइन वा खेल हुने दिन ढोकामा किन्न सकिनेछ ।
टिकेट अनलाइन किन्न https://tickets.lords.org/events.aspx
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग