शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: ०३:३७ | UK Time: 21:52

अन्तर्राष्ट्रिय नेपाली तेक्वान्डो संघ, बेलायतमा सर्वसम्मत

वीनेपाली
२०७३ जेठ २० गते १:५८

13342341_10207598546460147_1232240847_nलन्डन । अन्तर्राष्ट्रिय नेपाली तेक्वान्डो संघ, बेलायत (एन्टा यूके) को आइतबार २९ मे २०१६ का दिन अल्डरसटमा सम्पन्न दोस्रो वार्षिक भेलाले नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ग्राण्डमास्टर डा. एनजे गुरुङको नेतृत्वमा तेस्रो कार्यसमिति (२०१६ देखि २०१८ सम्मका लागि) सर्वसम्मत चयन गरिएको हो ।

२१ सदस्यीय तेश्रो कार्यसमितिको सहअध्यक्षहरुमा मास्टर बुद्धि गुरुङ (सनराइज गोर्खा तेक्वान्डो गिल्डफोर्ड), मास्टर थान लिम्बु (एभरेष्ट तेक्वान्डो यूके अल्डरसट) र मास्टर जयन्त थापा (हिमालयन टाइगर तेक्वान्डो बर्नटोक) छन् भने महासचिवमा मास्टर ह्यारी गुरुङ (लन्डन गोर्खा तेक्वान्डो, प्लमस्टिड) चुनिएका छन् ।

त्यसैगरि, कोषाध्यक्षमा चन्द्र (कुमार) सुनार (एभरेष्ट गोर्खा तेक्वान्डो, स्वीन्डन) र प्रवक्तामा मास्टर भिम महेन्द्र गुरुङ छानिएका छन् । भेलाले प्रमुख प्रशिक्षकमा मास्टर मनिशंकर सुनुवार (सुनुवार तेक्वान्डो एकेडेमी यूके वेम्ली) र सह प्रशिक्षकमा मास्टर इष्ट गुरुङ (वे तेक्वान्डो एकेडेमी, आसफोर्ड) छनोट गरेको छ ।

भेलाले सदस्यहरुमा सुक गुरुङ, ध्रुव दत्त, सुशील घले, आशिम थापा, किस्मा गुरुङ, सन्दिप घले, नितेश गुरुङ, तिलक पुन, भेषराज गुरुङ, शिशिर घले, नरेन लिम्बु, प्रवीन सुनुवारलाई चुनेको छ । त्यसैगरि, सल्लाहकारहरुमा मास्टर शिव लिम्बु, मास्टर नवराज घले, जीवन सेन र मणि चन्द्र राईलाई दुई वर्षे कार्यकालका लागि चयन गरिएको महासचिव ह्यारी गुरुङले जानकारी दिए ।

संस्थाको स्थापना सन् २०१२, २ जनवरीका दिन लन्डनमा भएको हो । विशेष गरि बेलायतमा बसोबास गरिरहेका सम्पूर्ण तेक्वान्डो खेलाडीहरु अनि यस खेलप्रति विश्वास र माया गर्नेहरुको साझा संस्थाको रुपमा स्थापना भएको यो वैधानिक एक मात्र संस्था र नेपालको राष्ट्रिय तेक्वान्डो संघबाट पनि मान्यता पाएको एक मात्र 
संस्था भएको जनाइएको छ । देश विदेशमा रहेका नेपाली तेक्वान्डो खेलाडीहरुलाई ओलम्पिक खेलमा कसरी पदकहरु जिताउन सकिन्छ भनि विशेष सहयोग दिलाउने सोच र भावना संस्थाको प्रमुख उद्देश्यमा छ । त्यसै अनुरुप यस संस्थाले बेलायतका लागि पनि नेपाल तेक्वान्डो संघसंग सहकार्य गरि अगाडि बढि रहेको छ ।

एन्टा यूकेभित्र अहिले आठ वटा छुट्टाछुट्टै तेक्वान्डो क्लव आवद्ध भई बेलायतका विभिन्न स्थानमा प्रशिक्षण दिइरहेका छन् ।

भेलाले गत महिना संस्थाका अध्यक्ष ग्राण्ड मास्टर डा. एनजे गुरुङ एनआरएनए आइसीसीबाट प्रथम एनआरएनए युरोप खेलकुद संयोजक जस्तो गरिमामय पदमा मनोनित भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

भेलाले आगामी दिनमा एन्टा यूकेमार्फत सम्पूर्ण खेलकुद प्रेमीहरुलाई एकै ठाउंमा ल्याई वृहत्तर छलफलका लागि तयारी गर्ने निर्णय गरेको छ । साथै मास्टर राष्ट्र राई एनआरएनए बेलायतको खेलकुद 
संयोजकमा मनोनित भएकामा बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक