
लन्डन । दश हजार रन ल्याउने कप्तान एलेस्टर कुक पहिलो इंग्लिस बल्लेबाज बनेका छन् । इंग्ल्याण्ड टुरमा रहेको श्रीलंकासंगको दोश्रो टेस्ट म्याचको दोस्रो पारीमा एलेस्टर कुक दश हजार रन ल्याउने १२ औं खेलाडी बने ।
उनले सचिन तेन्दुलकरको रेकर्ड तोड्दै सबै भन्दा कान्छो उमेरमै दश हजार रन ल्याउने खेलाडीको लिस्टमा नाम दर्ता गराए । उनले सचिन तेन्दुलकर भन्दा १६९ दिन कान्छो उमेरमै उक्त सफलता पार गरेका हुन् ।
चेस्टर लि स्ट्रिटमा भएको दोश्रो टेस्टमा इंग्ल्याण्डले
श्रीलंकालाई ९ विकेटले हराउंदै सिरिज २, ० ले अग्रता गरेको छ । पहिलो इनिंगमा ४९८ रनको बिशाल स्कोर खडा गरेको इंग्ल्याण्डले प्रतिउत्तरमा आएको श्रीलंकालाई १०१ रनमै समेट्यो ।
फलो अनमा परेको श्रीलंकाले दोश्रो इनिंगमा ४७५ रन ल्याएको थियो । श्रीलंकाका लागि चंदिमलले १२६ रनको परि खेलेका थिए । कुल स्कोरमा ७९ रनले अग्रता लिएको श्रीलंकालाई इंग्ल्याण्डले १ विकेट गुमाएर उक्त लक्ष्य हासिल गर्यो ।
इंग्ल्याण्डले २, ० को अग्रतासंगै एक खेल आगाडी नै सेरिजमाथि कब्जा जमायो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते