केन्ट । स्थापनाकाे एक वर्षमै केन्ट फुटबल क्लवले छ वटा उपाधि हासिल गरेर लाेभलाग्दाे अाशा देखाएकाे छ ।
सन् २०१५ मा स्थापित साे क्लवले गत वर्षकाे गाेरखा कप, यलम्बरहाङ कप, भिसी कप, बुढासुब्बा कप र सगरमाथा कप हात पारिसकेकाेमा गत अाइतबार सम्पन्न गाेरखा कपमा भेटेरानतर्फ पुन सफलता हासिल गरेकाे छ ।
भेटेरान तर्फ १० टीमले भाग लिएकाेमा केन्ट एफसीले फाइनलमा इलाम एफसीलाई पराजित गर्दै उपाधि जितेकाे हाे । यस्का साथै साेही टीमका दिपेन्द्र फेयङ लिम्बुले बेष्ट प्लेयर र बेष्ट स्कोररको पुरस्कार १०० पाउण्ड हात पारे ।
बेलायतमा नेपालीहरुको धेरै क्लबहरु भए पनि यस क्लबले जस्तो सफलता हासिल गर्न सकिरहेका छैनन् । टीम म्यानेजर बुद्दी सुनुवारले क्लबमा एडमिनिस्ट्रेसन र खेलाडीहरुको राम्रो लगावका कारण साे सफलता हासिल भएको बताए ।
पुरस्कार वितरण पश्चात ग्रुप फोटो पछि टिम सदस्यहरुलाई क्रमस सचिव छबिन्द्र चोङबाङ, टिम कोच लोकप्रसाद लिम्बु, टिम क्याप्टेन पदम योङ्याङले धन्यवाद दिंदै अब आउने खेलहरुमा पनि यसरी नै खेल्दै जाने प्रतिबद्दता जनाउनु भयाे ।
अरु खेलहरुमा झैं यस खेलको लागी पनि ब्यबस्थापनमा टिमका सदस्यहरु दिपेन्द्र फेयङ लिम्बु र गुप्तराज चेम्जोङ खटिएका थिए।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी