
एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधान संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यलाई घोषणापत्र हस्तान्तरण गर्दै
लन्डन । अति कम विकसित ४८ मुलुकका नागरिक समाजका प्रतिनिधिहरुले धनी मुलुक तथा अन्तर्राष्ट्रिय विकास एजेन्सीहरुलाई गरिब मुलुकको विकासमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
टर्कीको अन्तल्यमा शनिबार सम्पन्न दुई दिने अन्तर्राष्ट्रिय बैठकले १९ बुंदे घोषणापत्र जारी गर्दै उक्त आग्रह गरेको हो ।
बैठकले आन्तरिक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक संकट आदिले राजनीतिक संक्रमण झेलिरहेका अति कम विकसित मुलुकहरुको शान्ति, समृद्धि र समानतामुलक समाज निर्माणका लागि विशेष ध्यान दिन आग्रह गरेको छ ।
काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले आयोजना गरेको उक्त बैठकमा दर्जनौं गैर सरकारी संस्थाका सयौं प्रतिनिधिले भाग लिएका थिए । बैठकमा नेपाल, बंगलादेश, बेनिन, क्याम्बोडिया, किरिबाटी, सेनेगल तथा टोगो लगायत दक्षिणी तथा पूर्वी अफ्रिका एवं दक्षिण एसियाली नागरिक सन्जालका प्रतिनिधिहरुको सहभागिता थियो ।
बैठकले विश्वका अति गरिब मुलुकहरुको दीगो विकासका लागि समयसीमाभित्र विशेष र परिणाममुखी निर्देशिका बमोजिम काम गर्न आग्रह गरेको छ । बैठकले स्वतन्त्र व्यापार, ऋण मिनाहा, लैंगिक न्याय र महिला अधिकार आदिमा समेत जोड दिएको छ ।
एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले सम्मेलन समापनपछि संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यलाई जारी घोषणापत्र हस्तान्तरण गरेका थिए । प्रधानले बैठकको घोषणापत्र बमोजिम यसमा भएका प्रगतिबारे नियमित अनुगमन गरिने समेत जनाए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते