लन्डन । आइतबार सम्पन्न १४ औं गोर्खा कप नन भेट्रानतर्फ क्यूजिएस् सिग्नल्स् रेडले जितेको छ । क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा आयोजित प्रतियोगिताको फाइनलमा बी १३ लाई पराजित गर्दै क्यूजिएस् सिग्नल्स् रेडले उपाधि जितेको हो । विजेता टिमले दुई हजार पाउण्डसहित ट्रफी हात पारेको छ । दोश्रो (रनरअप) पुरस्कार एकहजार पाउण्ड थियो । यसैवर्ष आयोजक तमुधिं यूकेले पुरस्कार राशी बढाएको हो ।
त्यसैगरि, भेट्रानतर्फ केन्ट एफसीले उपाधि चुम्यो भने रनरअप भयो इलाम एफसी । वीनर टिमले एकहजार पाउण्ड सहित ट्रफी प्राप्त गरेको छ । रनरअपलाई ७ सय पाउण्ड दिइयो ।
गोर्खा कपमा ३२ नन भेट्रान र १० भेट्रान टिमले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगितामा म्यान अफ दि म्याच नन भेट्रानतर्फ क्यूजिएस्
सिग्नल्स् रेडका गमबहादुर गुरुङ भए भने टप स्कोरर प्रदीप गुरुङ । यसपटक म्यान अफ दि म्याच खेलाडीलाई तमुधिं यूकेले दिने ट्रफी बाहेक प्रशान्त थापा र शिव गुरुङले बेग्लै ४ सय पाउण्ड बराबरको पुरस्कार दिए । भेट्रानतर्फ केन्ट एफसीका दीपेन लिम्बु म्यान अफ दि म्याच र टप स्कोरर भए ।
विजेतालाई विशेष अतिथी मेयरेस् ज्याकी भोस्पेर (रसमोर बरो मेयर लेडी), मुख्य प्रायोजकहरु मुछेत्र गुरुङ, कमल गुरुङ, खुशीमान गुरुङ, भोडाफोन प्रतिनिधि, आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, प्रशान्त थापा र शिव गुरुङले पुरस्कार प्रदान गरेका थिए ।
५० वर्ष नाघेकाहरुको सुपर भेट्रान खेल भने भएन ।
मिडिया सेक्रेटरी रोहित गुरुङका अनुसार करिब ८ हजार दर्शक खेल हेर्न सहभागी थिए । लन्डन फेल्थाममा एकै दिन यूनिटी कप राखिएकाले यस पटक विगत भन्दा केही दर्शक घटेको आयोजकको बुझाइ छ ।
करिब ५० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको गोर्खा कपका सहभागी खेल हेर्न भन्दा साथीभाइ, प्रेमी प्रेमिका, आफन्त र दौंतरीहरु भेट गर्न व्यस्त देखिन्थे । बेलायतमा सबैभन्दा बढि जमघट हुने नेपालीको इभेन्ट यही हो ।
प्रतियोगितामा एम्बुलेन्स, प्रहरी सेवा, पोर्टेवल ट्वाइलेट सुविधासहित खानाको ९ स्टल, ब्रिगेड ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली कल्चरल नृत्य, प्यारा जम्प, मार्सल आर्ट, तेक्वान्दो प्रस्तुति र अन्य ५० औं च्यारिटी तथा व्यापारिक स्टल गोर्खा कपका आकर्षण थिए ।
गोर्खा कपको संयोजन क्याप्टेन (रि) पितम्बर गुरुङ र सह संयोजन लेफ्टिनेन्ट कुसाङ गुरुङ एवं कुमार गुरुङले गरेका हुन् । उक्त इभेन्टलाई नेपाली दूतावास, रसमुर बरो काउन्सिल, गैर आवासीय नेपाली संघ बेलायत, ब्रिगेड अफ गोर्खा र नेपाली समुदायले साथ दिएको थियो । नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री दूतावासमा एभरेष्ट डे मनाउने कार्यक्रम भएकाले एकैछिनपछि बाहिरिएका थिए । खेल हेर्न गाजलुकी नायिका एवं पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र उनको फिल्म निर्माण टोली पनि आइपुगेको थियो ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग