गोर्खा कप क्यूजिएस् सिग्नल्स् रेडलाई

13331109_1271102876251180_4136826056889324646_n

तस्विरः मिलन तमु

लन्डन । आइतबार सम्पन्न १४ औं गोर्खा कप नन भेट्रानतर्फ क्यूजिएस् सिग्नल्स् रेडले जितेको छ । क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा आयोजित प्रतियोगिताको फाइनलमा बी १३ लाई पराजित गर्दै क्यूजिएस् सिग्नल्स् रेडले उपाधि जितेको हो । विजेता टिमले दुई हजार पाउण्डसहित ट्रफी हात पारेको छ । दोश्रो (रनरअप) पुरस्कार एकहजार पाउण्ड थियो । यसैवर्ष आयोजक तमुधिं यूकेले पुरस्कार राशी बढाएको हो ।

त्यसैगरि, भेट्रानतर्फ केन्ट एफसीले उपाधि चुम्यो भने रनरअप भयो इलाम एफसी । वीनर टिमले एकहजार पाउण्ड सहित ट्रफी प्राप्त गरेको छ । रनरअपलाई ७ सय पाउण्ड दिइयो ।

गोर्खा कपमा ३२ नन भेट्रान र १० भेट्रान टिमले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगितामा म्यान अफ दि म्याच नन भेट्रानतर्फ क्यूजिएस् 
सिग्नल्स् रेडका गमबहादुर गुरुङ भए भने टप स्कोरर प्रदीप गुरुङ । यसपटक म्यान अफ दि म्याच खेलाडीलाई तमुधिं यूकेले दिने ट्रफी बाहेक प्रशान्त थापा र शिव गुरुङले बेग्लै ४ सय पाउण्ड बराबरको पुरस्कार दिए । भेट्रानतर्फ केन्ट एफसीका दीपेन लिम्बु म्यान अफ दि म्याच र टप स्कोरर भए ।
विजेतालाई विशेष अतिथी मेयरेस् ज्याकी भोस्पेर (रसमोर बरो मेयर लेडी), मुख्य प्रायोजकहरु मुछेत्र गुरुङ, कमल गुरुङ, खुशीमान गुरुङ, भोडाफोन प्रतिनिधि, आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, प्रशान्त थापा र शिव गुरुङले पुरस्कार प्रदान गरेका थिए ।

५० वर्ष नाघेकाहरुको सुपर भेट्रान खेल भने भएन ।

मिडिया सेक्रेटरी रोहित गुरुङका अनुसार करिब ८ हजार दर्शक खेल हेर्न सहभागी थिए । लन्डन फेल्थाममा एकै दिन यूनिटी कप राखिएकाले यस पटक विगत भन्दा केही दर्शक घटेको आयोजकको बुझाइ छ ।

करिब ५० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको गोर्खा कपका सहभागी खेल हेर्न भन्दा साथीभाइ, प्रेमी प्रेमिका, आफन्त र दौंतरीहरु भेट गर्न व्यस्त देखिन्थे । बेलायतमा सबैभन्दा बढि जमघट हुने नेपालीको इभेन्ट यही हो ।

प्रतियोगितामा एम्बुलेन्स, प्रहरी सेवा, पोर्टेवल ट्वाइलेट सुविधासहित खानाको ९ स्टल, ब्रिगेड ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली कल्चरल नृत्य, प्यारा जम्प, मार्सल आर्ट, तेक्वान्दो प्रस्तुति र अन्य ५० औं च्यारिटी तथा व्यापारिक स्टल गोर्खा कपका आकर्षण थिए ।

गोर्खा कपको संयोजन क्याप्टेन (रि) पितम्बर गुरुङ र सह संयोजन लेफ्टिनेन्ट कुसाङ गुरुङ एवं कुमार गुरुङले गरेका हुन् । उक्त इभेन्टलाई नेपाली दूतावास, रसमुर बरो काउन्सिल, गैर आवासीय नेपाली संघ बेलायत, ब्रिगेड अफ गोर्खा र नेपाली समुदायले साथ दिएको थियो । नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री दूतावासमा एभरेष्ट डे मनाउने कार्यक्रम भएकाले एकैछिनपछि बाहिरिएका थिए । खेल हेर्न गाजलुकी नायिका एवं पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र उनको फिल्म निर्माण टोली पनि आइपुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री