लन्डन । लन्डनस्थित नेपाली दूतावासमा ९ औं सगरमाथा दिवस (एभरेष्ट डे) मनाइएको छ ।
आइतबार सांझ नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र शेर्पा एसोसिएसन यूकेको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
आजैका दिन न्यूजिल्याण्डका नागरिक सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरको सफल आरोहण गरेको ६३ औं वर्ष पुगेको छ भने नेपाल सरकारले औपचारिक रुपमा एभरेष्ट डे मनाउन थालेको यो ९ औं हो ।
कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले सगरमाथा चढ्ने सफल आरोहीहरुलाई वधाई दिंदै आरोहणका क्रममा दिवंगत हुन पुगेका प्रति श्रद्धासुमन अर्पण गरे । क्षेत्रीले सगरमाथा क्षेत्रमा बढिरहेको प्रदुषणप्रति गम्भीर चासो व्यक्त सबैलाई यसको नकारात्मक प्रभावबारे जनचेतना जगाइदिन आग्रह गरे । उक्त अवसरमा हाइथ, केन्टका मेयर काउन्सिलर माइकल लायन्स्ले पनि आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रम बेलायती र नेपाली राष्टिय गानबाट शुरु भएको थियो । कार्यक्रममा शेर्पा एसोसिएसन यूकेका अध्यक्ष साना शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारीले नेपालको पर्यटन, सगरमाथा, यसको सुन्दरता, नेपालका प्राकृतिक रमणीय गन्तव्यस्थल र नेपालको जारी पुनर्निर्माण झल्कने भिडियो प्रस्तुत गरे ।
कार्यक्रममा ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरिसकेका ब्रिटिश आरोही एलन हिन्क्स (ओबीइ) ले सगरमाथा चड्ढाको अनुभव बांडेका थिए । अर्का आरोही काल्साङ शेर्पाले पनि शेर्पा गाइडका रुपमा सगरमाथा आरोहण गर्दाको अनुभव बताए । साथै, लिटल शेर्पा फाउण्डेशनका निर्देशक जेम्स् ल्याम्बले सोलुखुम्बुको स्थानीय च्यारिटीसंग काम गर्दाको अनुभव बांडे ।
अतिथीहरुलाई शेर्पा एसोसिएसन यूकेका तर्फबाट खादाले स्वागत गरिएको थियो । उक्त कार्यक्रम दूतावासका अट्याची तेजेन्द्र रेग्मी र एभरेष्ट इन ग्रुपका यादव भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रमका अवसरमा शेर्पा एसोसिएसनले शेर्पा नाच र नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।
कार्यक्रममा बेलायती सांसद, मेयर, काउन्सिलरहरु, सगरमाथा आरोहीहरु, ट्राभल एण्ड टुर अपरेटर्स, यात्रा लेखक, वायु सेवा कम्पनी, पत्रकार लगायत अन्य विशिष्ठ व्यक्तिहरु सहभागी थिए ।
अन्त्यमा कार्यक्रमका सहभागी एभरेष्ट इन ग्रुपले प्रायोजन गरेको नेपाली खानामा रमाए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते