ग्रीनवीच रियल स्टेटले बिना मोर्गेज फ्ल्याट र अपार्टमेन्ट दिने

13282847_10154192207806197_1583781239_o

लन्डन । साउथ इष्ट लन्डनस्थित ग्रीनवीच रियल स्टेटले सस्तो र मोर्गेज बिनै नयां फ्ल्याट र अपार्टमेन्ट उपलव्ध गराउने भएको छ । हालै आफ्नो सेवा शुरु गरेको उक्त कम्पनीले शनिवार प्रोस्पेरिटी नामक कम्पनीसंग एक सम्झौता गर्दै इंग्ल्याण्डका विभिन्न भागमा सहज तरिकाले फ्ल्याट उपलव्ध गराउने निर्णय गरेको हो ।

इजी बाइ प्लान अन्तर्गत सहज रुपमा फ्ल्याट र अपार्टमेन्ट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । हाललाई योर्कसायर र बर्मिङहममा एक र दुई बेड रुम फ्ल्याट किन्न सकिनेछ । शुरुमा ग्राहकले सानो रकम तिरेर आफ्नो रोजाइको फ्ल्याट रिजर्भ गर्न सक्नेछन् अनि दुई वर्षसम्म मासिक किस्ता तिर्दै गएपछि फ्ल्याट हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

आइतबार क्वीन्स एभिन्यू खेल मैदान अल्डरटमा हुने गोर्खा कपमा कम्पनीले स्टल राखेको जनाउंदै थप विवरण चाहिए स्टलमा आएर सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री