
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नवौं गणतन्त्र दिवस मनाइएको छ । सन् २००८, मे २८ कै दिन नेपालमा २४० वर्षे राजतन्त्र अन्त्य भइ संघीय गणतन्त्र आएको थियो ।
शनिवार दूतावास भवनमा आयोजित एक समारोहमा वक्ताहरुले गणतन्त्रको ९ औं दिवस मनाइरहंदा नेपाली जन अपेक्षा अनुरुप प्रगतिको अनुभूति अझै हुन नसकेको धारणा राखे । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले आफूहरु बेलायतमा रहेपनि मन मस्तिष्कमा नेपालको समृद्धि र नेपाली जनताको प्रगति आफूहरुको चाहना भएको बताए ।
कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली जनताको आन्दोलनको जगमा नेपालमा गणतन्त्र आएपछि धेरै उपलव्धि भएको चर्चा गर्दै लोकतान्त्रिक संविधान कार्यान्वयन अबको चुनौती भएको बताए । क्षेत्रीले आफ्नो ४ वर्षे कार्यकाल सकिन लागेको जनाउंदै आफ्नो कार्यकालमा सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति आभार समेत व्यक्त गरे । उनले आगामी जुलाई १९ मा लर्डस् क्रिकेट मैदानमा नेपाली टोलीले पहिलो पटक मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिंदै समस्त नेपालीलाई खेल हेर्न आव्हान गरे । दश पाउण्ड प्रवेश शुल्क तोकिएको उक्त खेलबाट संकलित रकम नेपालकै पुनर्निर्माणमा खर्च गर्ने योजना छ ।
त्यसैगरि, सभासद डिना उपाध्यायले नेपालमा लोकतान्त्रिक संविधान जारी भएको प्रसंग उल्लेख गर्दै अब त्यसको कार्यान्वयन पक्ष बढि चुनौतीपूर्ण रहेको बताइन् । उनले नेपालबाट ब्रेन ड्रेन र उल्लेख्य नेपाली जनशक्ति विदेशी भूमिमा रहेकाले पनि देश विकासमा प्रभाव परेको धारणा राखिन् ।
कार्यक्रममा राजनीतिक संगठनका बेलायतस्थित भ्रातृ संगठनका तर्फबाट रामशरण सिम्खडा, राजकुमार त्रिपाठी, सुरेन्द्र श्रेष्ठ एवं सामाजिक तथा धार्मिक संघसंस्थाका तर्फबाट हिराधन राई, पुष्प श्रेष्ठ, संगिता मरहट्ठा, कृष्ण दर्लामी, डम्बर सिंह, राजेन्द्र क्षेत्री, तेजबहादुर जिसी, डा. तेजेन्द्र फेराली, काउन्सिलर डा. बच्चुकैलाश कैनी, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी र साना शेर्पाले मन्तव्य तथा साहित्यकार कोमल मल्लले गणतन्त्रमा आधारित कविता वाचन गरे ।
दूतावासका अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा शुरुमा राष्ट्रिय गान र ज्ञात अज्ञात शहीदहरुप्रति मौनधारण गरिएको थियो । उक्त कार्यक्रममा झण्डै एकसय सहभागी थिए ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा