लन्डन । यही आइतबार (२९ मे) हुन लागेको १४ औं गोर्खा कपमा यसवर्ष यूवा समूह देखि सुपर भेट्रानसम्मको भिडन्त हुने भएको छ । ५० वर्ष उमेर नाघेकाहरुको समूह सुपर भेट्रान टिमबीच पहिलोपटक गोर्खा कपमा संलग्नता हुने भएको हो । भेट्रान टिमका खेल समापनपछि सुपर भेट्रानले खेल्ने आयोजक तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । सुपर भेट्रान टिमको संयोजन तमुधिं यूके सल्लाहकार भुपेन्द्र गुरुङले गर्ने भएका छन् ।
क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा हुने गोर्खा कपमा ३२ नन भेट्रान र १० भेट्रान टिमले समेत प्रतिष्पर्धा गर्दैछन् । करिब ५० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको गोर्खा कप इभेन्ट खेल हेर्न मात्र होइन, प्रेमी प्रेमिका, आफन्त र दौंतरीहरु भेट गर्ने एउटा प्रमुख थलोका रुपमा लिइन्छ । नेपालीहरुको सबैभन्दा बढि जमघट हुने नेपालीको इभेन्ट पनि यही हो ।
यसै वर्षदेखि गोर्खा कपका मुख्य टिम (नन भेट्रान) विजेतालाई पहिलो पुरस्कार दुई हजार पाउण्ड, दोश्रो (रनरअप) एकहजार पाउण्ड तथा भेट्रान टिममा पहिलो पुरस्कार एक हजार पाउण्ड, दोश्रो पुरस्कार ७ सय पाउण्ड साथै विजेता सबैलाई ट्रफी र सर्टिफिकेट दिइने आयोजक तमुधिं यूकेले जनाएको छ । नन भेट्रान टिमको पहिलो पुरस्कार एभरेष्ट मनी ट्रान्सफर कम्पनी र भेट्रानको पहिलो पुरस्कार हङकङका व्यवसायी एवं एनआरएनए सल्लाहकार त्रिलोक गुरुङले प्रायोजन गरेका हुन् ।
यसपटक म्यान अफ दि म्याच खेलाडीलाई तमुधिं यूकेले दिने ट्रफी बाहेक प्रशान्त थापा र शिव गुरुङले बेग्लै ४ सय पाउण्ड बराबरको पुरस्कार दिने भएका छन् ।
एम्बुलेन्स, पोर्टेवल ट्वाइलेट सुविधासहित खानाको ९ स्टल, ब्रिगेड ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली कल्चरल नृत्य, प्यारा जम्प, मार्सल आर्ट, तेक्वान्दो प्रस्तुति र अन्य ५० औं च्यारिटी तथा व्यापारिक स्टल गोर्खा कपका आकर्षण हुनेछन् ।
गोर्खा कपको संयोजन क्याप्टेन (रि) पितम्बर गुरुङ र सह संयोजन लेफ्टिनेन्ट कुसाङ गुरुङ एवं कुमार गुरुङले गर्दैछन् । उक्त इभेन्टलाई नेपाली दूतावास, रसमुर बरो काउन्सिल, गैर आवासीय नेपाली संघ बेलायत, ब्रिगेड अफ गोर्खा र नेपाली समुदायको साथ छ ।
गोर्खा कपबारे जानकारी दिन गत साता मिचेटमा आयोजित पत्रकार सम्मेलनमा आयोजक तमुधिं यूकेले सम्पूर्ण तयारी पुरा भइसकेको जनाउ दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]