लन्डन । यही आइतबार (२९ मे) हुन लागेको १४ औं गोर्खा कपमा यसवर्ष यूवा समूह देखि सुपर भेट्रानसम्मको भिडन्त हुने भएको छ । ५० वर्ष उमेर नाघेकाहरुको समूह सुपर भेट्रान टिमबीच पहिलोपटक गोर्खा कपमा संलग्नता हुने भएको हो । भेट्रान टिमका खेल समापनपछि सुपर भेट्रानले खेल्ने आयोजक तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । सुपर भेट्रान टिमको संयोजन तमुधिं यूके सल्लाहकार भुपेन्द्र गुरुङले गर्ने भएका छन् ।
क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा हुने गोर्खा कपमा ३२ नन भेट्रान र १० भेट्रान टिमले समेत प्रतिष्पर्धा गर्दैछन् । करिब ५० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको गोर्खा कप इभेन्ट खेल हेर्न मात्र होइन, प्रेमी प्रेमिका, आफन्त र दौंतरीहरु भेट गर्ने एउटा प्रमुख थलोका रुपमा लिइन्छ । नेपालीहरुको सबैभन्दा बढि जमघट हुने नेपालीको इभेन्ट पनि यही हो ।
यसै वर्षदेखि गोर्खा कपका मुख्य टिम (नन भेट्रान) विजेतालाई पहिलो पुरस्कार दुई हजार पाउण्ड, दोश्रो (रनरअप) एकहजार पाउण्ड तथा भेट्रान टिममा पहिलो पुरस्कार एक हजार पाउण्ड, दोश्रो पुरस्कार ७ सय पाउण्ड साथै विजेता सबैलाई ट्रफी र सर्टिफिकेट दिइने आयोजक तमुधिं यूकेले जनाएको छ । नन भेट्रान टिमको पहिलो पुरस्कार एभरेष्ट मनी ट्रान्सफर कम्पनी र भेट्रानको पहिलो पुरस्कार हङकङका व्यवसायी एवं एनआरएनए सल्लाहकार त्रिलोक गुरुङले प्रायोजन गरेका हुन् ।
यसपटक म्यान अफ दि म्याच खेलाडीलाई तमुधिं यूकेले दिने ट्रफी बाहेक प्रशान्त थापा र शिव गुरुङले बेग्लै ४ सय पाउण्ड बराबरको पुरस्कार दिने भएका छन् ।
एम्बुलेन्स, पोर्टेवल ट्वाइलेट सुविधासहित खानाको ९ स्टल, ब्रिगेड ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली कल्चरल नृत्य, प्यारा जम्प, मार्सल आर्ट, तेक्वान्दो प्रस्तुति र अन्य ५० औं च्यारिटी तथा व्यापारिक स्टल गोर्खा कपका आकर्षण हुनेछन् ।
गोर्खा कपको संयोजन क्याप्टेन (रि) पितम्बर गुरुङ र सह संयोजन लेफ्टिनेन्ट कुसाङ गुरुङ एवं कुमार गुरुङले गर्दैछन् । उक्त इभेन्टलाई नेपाली दूतावास, रसमुर बरो काउन्सिल, गैर आवासीय नेपाली संघ बेलायत, ब्रिगेड अफ गोर्खा र नेपाली समुदायको साथ छ ।
गोर्खा कपबारे जानकारी दिन गत साता मिचेटमा आयोजित पत्रकार सम्मेलनमा आयोजक तमुधिं यूकेले सम्पूर्ण तयारी पुरा भइसकेको जनाउ दिएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक