
लन्डन । मल्टी ट्यालेन्टेड नायिका प्रियंका कार्की आफ्नो व्यस्तता छाडेर गत सोमबार रयाम्पमा उत्रिइन् । होटल याक एण्ड यतीमा २० देखि २२ मेमा आयोजित तीन दिने नेपाल इन्टरनेशनल जेम्स् एण्ड ज्वेलरी एक्सपो २०१६ को भोलिपल्ट प्रियंका अन्य ८ जना मोडलका साथ रयाम्पमा उत्रिएकी थिइन् स्वर्णीम कलेक्सनको आउटफिटमा । यसपटक उनले अस्मी ज्वेलर्सका गहना पहिरिएर क्याटवाक गरिन् । रमाइलो के भने प्रियंकाले प्रदर्शन गरेका गहना थिए ८ महिनाकी अस्मीको नाममा न्यूरोड, काठमाण्डूमा खुल्न लागेको गहना पसलको । अस्मीका बाबु आमा आशिष र रचना श्रेष्ठले छोरीका नाममा पसल खोल्न लागेका हुन् । रचना बेलायतवासी हुन् भने उनको परिवारको लन्डन साउथ ह्यारोमा समेत गोर्खा ज्वेलर्स नामको गहना पसल छ ।
रचना एक समय लन्डनस्थित नेपाली टिभीको व्यवस्थापनमा समेत सक्रिय थिइन् । अस्मी ज्वेलर्सले २२ र २४ क्यारेटका विभिन्न गहना विक्री गर्ने जनाएको छ ।
प्रियंकाको ‘रुट’ मोडलिङ नै भएकाले उनको सहभागिता रयाम्पमा पनि बेला बेला भइरहन्छ । उनी अगष्ट २१ मा बेलायतमा हुन लागेको मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरुलाई प्रशिक्षण दिन आउने कार्यक्रम छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान