
लन्डन । मल्टी ट्यालेन्टेड नायिका प्रियंका कार्की आफ्नो व्यस्तता छाडेर गत सोमबार रयाम्पमा उत्रिइन् । होटल याक एण्ड यतीमा २० देखि २२ मेमा आयोजित तीन दिने नेपाल इन्टरनेशनल जेम्स् एण्ड ज्वेलरी एक्सपो २०१६ को भोलिपल्ट प्रियंका अन्य ८ जना मोडलका साथ रयाम्पमा उत्रिएकी थिइन् स्वर्णीम कलेक्सनको आउटफिटमा । यसपटक उनले अस्मी ज्वेलर्सका गहना पहिरिएर क्याटवाक गरिन् । रमाइलो के भने प्रियंकाले प्रदर्शन गरेका गहना थिए ८ महिनाकी अस्मीको नाममा न्यूरोड, काठमाण्डूमा खुल्न लागेको गहना पसलको । अस्मीका बाबु आमा आशिष र रचना श्रेष्ठले छोरीका नाममा पसल खोल्न लागेका हुन् । रचना बेलायतवासी हुन् भने उनको परिवारको लन्डन साउथ ह्यारोमा समेत गोर्खा ज्वेलर्स नामको गहना पसल छ ।
रचना एक समय लन्डनस्थित नेपाली टिभीको व्यवस्थापनमा समेत सक्रिय थिइन् । अस्मी ज्वेलर्सले २२ र २४ क्यारेटका विभिन्न गहना विक्री गर्ने जनाएको छ ।
प्रियंकाको ‘रुट’ मोडलिङ नै भएकाले उनको सहभागिता रयाम्पमा पनि बेला बेला भइरहन्छ । उनी अगष्ट २१ मा बेलायतमा हुन लागेको मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरुलाई प्रशिक्षण दिन आउने कार्यक्रम छ ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति