लन्डन । सुनको होलसेल डिलर ‘गोर्खा बुलियन्स एण्ड भल्ट’ ले अल्डरसटबाट आफ्नो सेवा शुरु गरेको छ । यसले २२ र २४ क्यारेटका गोल्ड बार, सिल्भर बार, गोल्ड कोइन र सिल्भर कोइन जस्ता उत्पादनको थोक बिक्री शुरु गरेको हो । कम्पनीले विश्व बजार मुल्य भन्दा कम दाम र यूकेका अरु बुलियन डिलर भन्दा सस्तो मुल्यमा सुनचांदी उपलव्ध गराउने दावी समेत गरेको छ ।
सन् २०१३ मा स्थापित उक्त कम्पनीका यसअघि आसफोर्ड, ह्यारो र रेडिङमा ‘गोर्खा ज्वेलर्स’ नामक गहना पसल चालु छन् ।
अल्डरसट क्षेत्रमा नेपालीका गरगहना लुटपाट हुने क्रम बढिरहंदा उक्त कम्पनीले ग्राहकको सुविधाका लागि ‘सेफ्टी डिपोजिट लकर्स’ को व्यवस्था समेत गर्ने योजना बनाएको कम्पनीकी सृजना पौडेलले जनाइन् । कम्पनीले गोर्खा कप प्रतियोगिताका बेला स्टल राखेर लकर लिन इच्छुकको नाम दर्ता गराउने तयारी गरेको जनाउंदै पौडेलले यस्तो सेवाका लागि हालसम्म कम्पनीमा ५० जनाले नाम लेखाइसकेका बताइन् । भविष्यमा यूकेमा फ्याक्ट्री नै खोलेर उत्पादन अझ प्रभावकारी रुपमा आपूर्ति गर्ने योजना समेत कम्पनीको छ ।
कम्पनीको सेवा उसको वेवसाइट www.gurkhabullion.com बाट पनि लिन सकिनेछ । वेवसाइटबाट कुनै पनि समय सुनको लाइभ रेट, एक्सचेन्ज रेट हेर्न सकिने र सुन खरिद गर्नेलाई घरैसम्म डेलिभरी सुविधा समेत रहेको पौडेलले जानकारी दिइन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने