लन्डन । सुनको होलसेल डिलर ‘गोर्खा बुलियन्स एण्ड भल्ट’ ले अल्डरसटबाट आफ्नो सेवा शुरु गरेको छ । यसले २२ र २४ क्यारेटका गोल्ड बार, सिल्भर बार, गोल्ड कोइन र सिल्भर कोइन जस्ता उत्पादनको थोक बिक्री शुरु गरेको हो । कम्पनीले विश्व बजार मुल्य भन्दा कम दाम र यूकेका अरु बुलियन डिलर भन्दा सस्तो मुल्यमा सुनचांदी उपलव्ध गराउने दावी समेत गरेको छ ।
सन् २०१३ मा स्थापित उक्त कम्पनीका यसअघि आसफोर्ड, ह्यारो र रेडिङमा ‘गोर्खा ज्वेलर्स’ नामक गहना पसल चालु छन् ।
अल्डरसट क्षेत्रमा नेपालीका गरगहना लुटपाट हुने क्रम बढिरहंदा उक्त कम्पनीले ग्राहकको सुविधाका लागि ‘सेफ्टी डिपोजिट लकर्स’ को व्यवस्था समेत गर्ने योजना बनाएको कम्पनीकी सृजना पौडेलले जनाइन् । कम्पनीले गोर्खा कप प्रतियोगिताका बेला स्टल राखेर लकर लिन इच्छुकको नाम दर्ता गराउने तयारी गरेको जनाउंदै पौडेलले यस्तो सेवाका लागि हालसम्म कम्पनीमा ५० जनाले नाम लेखाइसकेका बताइन् । भविष्यमा यूकेमा फ्याक्ट्री नै खोलेर उत्पादन अझ प्रभावकारी रुपमा आपूर्ति गर्ने योजना समेत कम्पनीको छ ।
कम्पनीको सेवा उसको वेवसाइट www.gurkhabullion.com बाट पनि लिन सकिनेछ । वेवसाइटबाट कुनै पनि समय सुनको लाइभ रेट, एक्सचेन्ज रेट हेर्न सकिने र सुन खरिद गर्नेलाई घरैसम्म डेलिभरी सुविधा समेत रहेको पौडेलले जानकारी दिइन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते