लन्डन । २१ मे शनिवार देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन गरिएको छ । शान्तिका अग्रदूत, एसियाका तारा तथा नेपालका राष्ट्रिय बिभूति भगवान गौतम बुद्धको जन्मजयन्तीका अवसरमा फेल्थाम कम्युनिटी कलेजको स्पोर्टस्हलमा सेन्टर उद्घाटन गरिएको हो ।
नेपालबाट आएका नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं सांग्दो पालहरी बौद्ध बिद्यालय पोखरा गुम्बाका प्रमुख लामा पाल्देन योनजङ तामाङ र देवाचन बुद्धिष्ट सेन्टरका संरक्षक लामा रिन्छेन दोर्जे लिङ्पा (धरम गुरुङ), लामा दिल बहादुर गुरुङ र लामा काजी गुरुङ लामा गुरुहरुबाट संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन भएको थियो । कार्यक्रम शुरु हुनु अगावै विशेष पूजा पाठ गरिएको थियो ।
देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष उदयबहादुर गुरुङ एमबीइको सभापतित्व र संयुक्त अधिराज्य बेलायतका लागि कार्यबहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त समुदघाटन कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथि हाउन्स्लोका नगर प्रमुख काउन्सिलर निसर मलिकले संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टर समुदघाटन गरे । सेन्टरको ब्यानर लामा गुरुहरुको मंगल मन्त्र वाचनसंगै उघारेर औपचारिक उद्घाटन गरिएपछि अध्यक्ष उदय बहादुर गुरुङ एमबीइ, एमपी रथ क्याडबरी र गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि औपचारिक कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रममा काउन्सिलर बिष्णुबहादुर गुरुङसहित हाउन्स्लो वरपरका अन्य कयौं काउन्सिलर, लन्डनस्थित बेलायती, हिन्दू, चाइनिज र श्रीलंकन समुदायका संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, तमु समाज यूकेका अध्यक्ष अर्जुनकुमार गुरुङ, तमु प्ये ल्हु संघ यूकेका प्रमुख सल्लाहकार डेम बहादुर गुरुङ, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेशराज मोक्तान, गोर्खा नेपलिज कम्युनिटी हाउन्स्लोका अध्यक्ष राम कुमार पोमु, गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष थमप्रसाद गुरुङ, तनहुं नेपाली समाज यूकेका अध्यक्ष लेखबहादुर गुरुङ लगायत सयौंको सहभागिता थियो ।
संस्थाका महासचिव श्रीमती लक्ष्मी गुरुङ र खाद्य संयोजक युवराज गरुङले सञ्चालन गरेको कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे संस्थाका उपाध्यक्ष भिम बहादुर गुरुङ एमभीओले जानकारी गराए ।
कार्यक्रममा अध्यक्ष उदय बहादुर गुरुङ एमबीइले स्वागत तथा धन्यवाद मन्तब्य राख्दै देवाचन बुद्धिष्ट सेन्टरले धेरै अघि देखि सामाजिक सेवा, बौद्ध धर्म र संस्कार अनुसार बौद्धमार्गी नेपाली समुदायमा जन्म, बिवाह र मृत्य संस्कारको कर्मकण्डमा विविध सेवा पुर्याइरहेको जनाए । उनले सन् २०११ मा स्थापना भई संस्थाका संरक्षक तथा प्रमुख लामा लामा रिन्छेन दोर्जे लिङपा (धरम गुरुङ) को सोच, सपना र आकांक्षा अनुरुप लन्डनबासी सबै बौद्धमार्गी नेपालीहरुको पहलबाट २० डिसेम्बर २०१५ देखि आफ्नै नेत्रृत्वमा ५० सदस्सीय कार्यसमिति गठन गरिएको जानकारी दिए । साथै अध्यक्षले संस्थागत रुपमा समाजिक सेवाको निम्ति अगाडि बढिरहेको र बेलायती च्यारिटी कमिसनमा संस्था दर्ता प्रक्रिया पुरा भइसकेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेज बहादुर क्षेत्री, विशेष अतिथि हाउन्स्लो नगरका प्रमुख काउन्सिलर निसर मलिक, एमपी रथ क्याडबरी, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, तमु समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङ लगायत अन्य अतिथि बक्ताहरुले देवाचन बुद्धिष्ट सेन्टरका निम्ति शुभकामना दिएका थिए ।
देवाचन बुद्धिष्ट सेन्टरका संरक्षक तथा प्रमुख लामा रिन्छेन दोर्जे लिङपाले संस्थाको उद्देश्य, भावी कार्ययोजनाबारे जानकारी गराउंदै समाज सेवा, बौद्ध शिक्षा र दर्शनलाई जनमानसमा फैलाउन संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा नेपालबाट आएका नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं सांग्दो पालहरी बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङले बुद्ध जयन्ती, बुद्धको जिवनी, बुद्धको उपदेश, शिक्षा र दर्शनबारे प्रवचन दिए । प्रवचन सकिए पछि अतिथि लामागुरु पाल्देन योनजङ तामाङ लगायत अन्य लामा गुरुज्युहरुबाट उपस्थित अतिथि, भक्तजन तथा सहभागीले अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए ।
निशुल्क प्रवेश र खानपिन व्यवस्था गरिएको उक्त कार्यक्रममा थुप्रै शुभचिन्तक, सदस्य र भक्तजनहरुले स्वस्फूर्त आर्थिक, भोजन, पेय पदार्थ तथा अन्य आवश्यक सामाग्री दान गरि सहयोग गरेका थिए ।
कार्यक्रमका निम्ति आर्थिक सहयोग संकलनमा सल्लाहकार र ट्रष्टिज चित्रबहादुर गुरुङ, कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ, संरक्षक तथा प्रमुख लामा धरम गुरुङ, हाउन्स्लो नगरका पूर्ब उपमेयर तथा काउन्सिलर बिष्णु गुरुङ र आमा समूहको विशेष भूमिका थियो । गोर्खा नेपलिज कम्युनिटी हाउन्स्लो र तमु समाज यूकेका सदस्यहरुले आर्थिक सहयोगमा उल्लेख्य भूमिका निर्वाह गरे ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी