
लन्डन । नेपाली चलचित्र ‘जंगे’ लन्डन र अल्डरसटमा प्रदर्शन गरिने भएको छ । गैंडा इन्टरटेनमेन्ट यूकेले फिल्म शो गर्न लागेको हो ।
उक्त फिल्म यही २८ मे शनिवार सांझ लन्डन ह्यारो र ५ जुन दिउसो अल्डरसटमा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएका छन् ।
उत्कल थापाले निर्देशन गरेको उक्त फिल्म राजनीतिक घट्नाक्रममा आधारित छ । जंगे नेपाली इतिहासका महान पात्र जंगबहादुर कुंवर राणाको जीवन कथालाई आधार मानी निर्माण गरिएको सिनेमा हो । फिल्म निर्माण पक्षको भनाइमा ‘जंगे’ ऐतिहासिक घटनाहरूलाई पृष्ठभूमि बनाएर तयार गरिएको थ्रीलर फिल्म हो जसबाट हिजोको राजनैतिक अवस्थालाई वर्तमानमा दृष्टिगोचर गर्ने प्रयास गरिएको छ ।
जंगे साहस, दृढता र महात्वाकांक्षाको कथा भएको जनाउंदै आयोजकले फिल्म हेरेर मनोरन्जन अनि राजनीतिक ज्ञान लिन आग्रह गरेका छन् । उक्त फिल्ममा सुरजसिंह ठकुरी, दीपसिखा शाही, रिचा शर्मा, अनुप बराल, सुशीलराज पाण्डे लगायतको अभिनय छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान