शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: ०८:०८ | UK Time: 02:23

स्कटल्याण्डमा ड्रिम्स प्रदर्शन

वीनेपाली
२०७३ जेठ १२ गते १४:१२
दर्शकहरुमाझ अनमोल भुवन

दर्शकहरुमाझ अनमोल भुवन

स्कटल्याण्ड । गत आइतबार स्कटल्याण्डमा चर्चित नेपाली चलचित्र ड्रिम्सको सफल प्रदर्शन भएको छ । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाइजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लू) र सपन इन्टरटेन्मेन्ट लि. को आयोजनामा एबर्डिन शहरमा भएको उक्त कार्यक्रममा एडिनबरा, ग्लास्गो शहरबाट समेत दर्शकहरुको उल्लेख्य सहभागिता थियो ।

सो अवसरमा सदाबहार नायक तथा ड्रिम्सका निर्माता निर्देशक भुवन केसी, नायक अनमोल केसी, सपन इन्टरटेन्मेन्टका सपन राईलाई स्कटल्याण्डका नेपालीहरुको तर्फबाट सम्मान गरिएको थियो । सोही अवसरमा ओएनसीडब्लूले नेपालमा गत वर्ष भूकम्पपछि प्रभावित क्षेत्रमा गएर तयार पारेको अंग्रेजी भाषाको डकुमेन्ट्री ७.८ को टिजर प्रदर्शन गरिएको थियो भने डकुमेन्ट्रीको लेखनमा योगदान दिएका नवीन क्षेत्री (अक्सफोर्ड 
युनिभर्सिटी) लाई संस्थाले सम्मान गरेको थियो ।

उक्त अवसरमा स्कटल्याण्डका बसोबास गर्ने नेपालीहरुको नेपाली चलचित्र प्रतिको लगाव र आत्मियताले आफू निकै प्रभावित भएको अभिनेता एवं फिल्मका निर्देशक भुवन केसीले बताए । यस्तै नायक अनमोल केसीले स्कटल्याण्ड भ्रमण निकै अविष्मरणीय भएको बताए । संस्थाका अध्यक्ष दिपेश रेग्मीले नेपाली समुदायमा केन्द्रित रहेर धेरै कार्यक्रम गर्न संस्था निकै सफल रहेकोमा सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक