
लन्डन । गुल्मी जिल्ला समाज यूकेले ३१ जना सल्लाहकार मनोनित गरेको छ । आइतबार ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न बैठकले कार्यसमितिमा रिक्त केहि सदस्यहरु पनि मनोनित गर्दै विभिन्न जिम्मेवारी बांडफांड समेत गरेको छ ।
समाजका सल्लाहकारहरुमा ओमप्रसाद थापा, अर्जुन गौतम, बालजंग अर्याल, दुर्गा पाण्डे, मोतिराज भण्डारी, विनोद ज्ञवाली, केशव भण्डारी, ओमबहादुर गुरुङ, चक्रबहादुर राना, प्रेमप्रसाद गैरे, शंकर भण्डारी, पशुपति भण्डारी, फत्त थापा, गोकर्ण बस्नेत, सुरेश गौतम, कमल भण्डारी, मिन दर्लामी र दासुराम पाण्डे चयन भएका छन् । त्यस्तै तोयबहादुर थापा, बिनप्रसाद भुजेल, राजेन्द्र श्रेष्ठ, टमबहादुर ढेगा, रणबहादुर केसी, खड्क रेश्मी, रोमनाथ पाण्डे, झपट भुजेल, काशिराम भण्डारी, डिएन खराल र डा. विष्णु घिमिरे पनि सल्लाहकार मनोनित भएका छन् ।
समाजले मिडिया संयोजकको जिम्मा पत्रकार ध्रुबराज अर्याललाई दिएको छ भने प्रवक्तामा मञ्जु खरेल चुनिएकी छिन् । त्यस्तै सामाजिक विभागमा राजु मल्ल संयोजक तथा सांस्कृतिक विभागमा मुना सापकोटा संयोजक र तारा भट्टराई सहसंयोजकको भूमिकामा आएका छन् ।
त्यसैगरी वेल्स संयोजकमा मतिप्रसाद पुन, स्कटल्याण्ड संयोजकमा यज्ञमूर्ति ढकाल र बर्मिङहम संयोजकमा कृष्ण ढकाल मनोनित भएका छन् ।
बैठकले समाजको विधान संशोधनका लागि उपाध्यक्ष फणिन्द्र
भट्टराईको संयोजकत्वमा एक विधान संसोधन समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, निवर्तमान अध्यक्ष अर्जुन गौतमसंगै सल्लाहकारहरु केशव भण्डारी, बालजंग अर्याल, फत्त थापा र प्रेमप्रसाद गैरे सदस्य रहेका छन् ।
हालसालै गुल्मीको वडागाउं गाविसमा भएको आगलागी पीडितका लागि समाजको आग्रहमा आर्थिक सहयोग गर्ने सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै सहयोग हस्तान्तरणका लागि सहयोग गर्ने आशा अपांग केन्द्र तम्घासका पदाधिकारी, पत्रकार महासंघ गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीसहित समाजका आजिवन सदस्यहरु कृष्ण ढकाल र दुर्गा रानालाई पनि बैठकले धन्यवाद दिएको छ ।
सो सहयोग संकलनको संयोजन गर्ने उपाध्यक्ष राजन खरेल र सदस्य मुना खरेलले बैठकमा सहयोग संकलन तथा हस्तान्तरणबारे जानकारी गराएका थिए ।
बैठकमा नेपालबाट विभिन्न सहयोगका लागि आएका याचना, समाजको आगामी समर भेटघाट कार्यक्रम लगायतका विषयमा पनि छलफल भएको थियो । आउंदो अगस्ट ७ तारिख हुने समर कार्यक्रमको तयारीबारे सचिव बीर बलालले अपडेट गरेका थिए ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा बसेको बैठक महासचिव शिव भण्डारीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष टोप पल्लीले स्वागत मन्तव्य दिएका थिए ।
त्यसअवसरमा निवर्तमान अध्यक्ष अर्जुन गौतम र नयां अध्यक्ष राम गलामीबीच जिन्सी मसलन्द बुझबुझारथ पनि सम्पन्न गरिएको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?