लन्डन । चर्चित गायक शिव परियार र गायिका शर्मिला बर्देवाले यही मे २७ सांझ लन्डन हाउन्सलोमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । रेडियो राहिनो र अन्सु इन्टरटेनमेन्टले संयुक्त रुपमा हाउन्सलोको फेल्थम कम्युनिटी कलेजमा शिव र शर्मिलासंग एक सांझ कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा आफ्ना चर्चित गजलहरुका साथ आधुनिक गीत पनि गाउने सोचमा छन् शिव । उनको लन्डनमा यस वर्षकै यो अन्तिम शो हुनेछ । कार्यक्रममा उनले ‘पागल बनायौ प्रिय’, ‘पिउंदिन भन्दा भन्दै पिलायो साथीले’, ‘क्या दामी भो’, ‘अलिकति नजर तिम्रो’ लगायत उत्कृष्ट गीतहरु गाउने छन् ।
नेपाली नयां वर्ष मनाउने क्रममा बेलायत आएका शिवले यसअघि विभिन्न शहरमा आफ्नो प्रस्तुति दिइसकेका छन् । केही साता अघि मात्र पोल्याण्डमा भएको कन्सर्ट सकेर बेलायत आइपुगेका शिबले लन्डनका श्रोताहरुलाई आफ्नो यस वर्षको अन्तिम कार्यक्रममा आउन आग्रह गरेका छन् ।
यसै गरि सपरिवार लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाले पनि आफ्नो चर्चित गीतहरु आंखैमा झल्झली, फुलको जवाफ, तस्बिरमै यस्तो जस्ता सुमधुर गीतका साथै नयां गीत पनि प्रस्तुत गर्ने बताइन् ।
कार्यक्रमको उद्घोषण भने मिस यूके नेपाल २०१३ कि विजेता दुर्गा गुरुङले गर्ने भएकी छिन् । नेपाली मौलिक परम्परागत नृत्य र डिजे चांदको विशेष प्रस्तुति कार्यक्रमको थप आकर्षण हुने आयोजकले जनाए ।
कार्यक्रमबाट उठेको रकम मध्येबाट केही रकम लमजुङ्गका बालबालिकाहरुका लागि सहयोग गरिने आयोजकका तर्फबाट दिनेश कुमार परियारले जानकारी दिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान