लन्डन । चर्चित गायक शिव परियार र गायिका शर्मिला बर्देवाले यही मे २७ सांझ लन्डन हाउन्सलोमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । रेडियो राहिनो र अन्सु इन्टरटेनमेन्टले संयुक्त रुपमा हाउन्सलोको फेल्थम कम्युनिटी कलेजमा शिव र शर्मिलासंग एक सांझ कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा आफ्ना चर्चित गजलहरुका साथ आधुनिक गीत पनि गाउने सोचमा छन् शिव । उनको लन्डनमा यस वर्षकै यो अन्तिम शो हुनेछ । कार्यक्रममा उनले ‘पागल बनायौ प्रिय’, ‘पिउंदिन भन्दा भन्दै पिलायो साथीले’, ‘क्या दामी भो’, ‘अलिकति नजर तिम्रो’ लगायत उत्कृष्ट गीतहरु गाउने छन् ।
नेपाली नयां वर्ष मनाउने क्रममा बेलायत आएका शिवले यसअघि विभिन्न शहरमा आफ्नो प्रस्तुति दिइसकेका छन् । केही साता अघि मात्र पोल्याण्डमा भएको कन्सर्ट सकेर बेलायत आइपुगेका शिबले लन्डनका श्रोताहरुलाई आफ्नो यस वर्षको अन्तिम कार्यक्रममा आउन आग्रह गरेका छन् ।
यसै गरि सपरिवार लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाले पनि आफ्नो चर्चित गीतहरु आंखैमा झल्झली, फुलको जवाफ, तस्बिरमै यस्तो जस्ता सुमधुर गीतका साथै नयां गीत पनि प्रस्तुत गर्ने बताइन् ।
कार्यक्रमको उद्घोषण भने मिस यूके नेपाल २०१३ कि विजेता दुर्गा गुरुङले गर्ने भएकी छिन् । नेपाली मौलिक परम्परागत नृत्य र डिजे चांदको विशेष प्रस्तुति कार्यक्रमको थप आकर्षण हुने आयोजकले जनाए ।
कार्यक्रमबाट उठेको रकम मध्येबाट केही रकम लमजुङ्गका बालबालिकाहरुका लागि सहयोग गरिने आयोजकका तर्फबाट दिनेश कुमार परियारले जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते