लन्डन । मगर संघ यूके र मगर बुद्धिस्ट सोसाइटी यूकेको संयुक्त आयोजनामा २५६० औं बुद्ध जयन्ती मनाइएको छ ।
नेपालबाट आमन्त्रित भिक्षु तिलोक (ओम रानामगर) को प्रमुख आतिथ्य र लुम्बिनी बुद्ध विहारका भन्ते इन्द्रशकको बिशेष उपस्थितिमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी भिक्षु तिलोकले बुद्ध कसैको दूत वा सन्देश वाहक थिएनन् भन्दै उनले जुन बोधिसत्व प्राप्त गरी अरहन्त (इनलाइटमेन्ट) भए, त्यो ज्ञान प्राप्त गर्ने उनी पहिला व्यक्ति भएको बताए । उनले बुद्ध जन्मेको लुम्बिनीबारे विवाद नरहेको बरु उनी जहां हुर्के बढे त्यो ठाउं कपिलवस्तुको तिलौराकोट चाहिं विवादमा तानिएको उल्लेख गरे ।
मगर बुद्धिस्ट सोसाइटीका महासचिव टिका दर्लामीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी र बिशेष अतिथीबाट दीप प्रज्वलन गरे पश्चात बुद्ध पूजा आराधान गरिएको थियो भने भन्तेबाट पञ्चशिल र अस्तशिल ग्रहण गराइएको थियो ।
उक्त कार्यक्रममा अतिथीहरु नेपाली दूतावासका सहचारी तेजेन्द्र रेग्मी, लुम्बिनी बुद्ध धर्म सोसाइटीका जनरल सेक्रेटरी डा. धर्म भक्त शाक्य, नेपाल आदिवासी जनजाती महासंघ बेलायतका महासचिव कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाती महिला महासंघकी जनरल सेक्रेटरी बिमला सेने, मगर संघ यूकेका अध्यक्ष नेम थापा, खस समाज यूकेका टेक बहादुर थापा, मगर संघ यूकेका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु थर्क राना, मेजर कुल थापा, निवर्तमान अध्यक्ष दुत पुन लगायत सहभागी थिए ।
कार्यक्रमको अन्त्यमा उपस्थित महानुभावहरुसंग भन्ते तिलोकसंग अन्तरक्रिया र भन्ते इन्द्रशकबाट पुन्यानुमोदन गरी कार्यक्रम समापन गरिएको थियो ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो