लन्डन । भूपू ब्रिटिश गोर्खाकी सुपुत्री जिनिता पन्धक बेलायतको क्वालिफाइड सोलिसिटर भएकी छिन् । २८ अप्रिल २०१६ मा क्वालिफाइड भएकी उनी सम्भवतः बेलायतमा दोश्रो नेपाली महिला सोलिसिटर हुन् । यसअघि सुदिना गुरुङ पहिलो नेपाली महिला सोलिसिटर भएपनि उनी हाल हङकङमा कार्यरत छिन् ।
अकुपेशनल डिजिज सोलिसिटर जिनिताको कार्यक्षेत्र कन्सट्रक्शन, इन्जिनियरिङ वर्कर्स र कम्पनीहरु सम्वन्धित छ । उनको सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) नम्बर ५८४३३८ हो ।
बाबु मेजर रिटायर्ड भुवानी पन्धक र आमा बिमला पन्धककी सुपुत्री जिनिता ताप्लेजुङबाट बेलायत आएकी हुन् । सन् २००० यता उनी बेलायतमै छिन् । बीपीपी ल स्कुल, लन्डनबाट लिगल प्राक्टिस कोर्स गरेकी उनी सन् २०१२ देखि वीक्सटेड एण्ड कम्पनी सोलिसिटरमा कार्यरत छन् ।
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै