ग्रेटर रेडिङ नेपाली समाजको साधारणसभा

grnca_logo

लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । एसोसिएसन अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो सभामा प्रमुख अतिथि संस्थापक अध्यक्ष डा. सिबी गुरुङ र स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष कृष्ण न्यौपानेले एक वर्ष भरिमा समाजमा भएका गतिविधि र काम गर्दा भएका चुनौतिहरुबारे प्रकाश पारे ।

भेलामा समाजका महासचिव ओमकार अधिकारीले वार्षिक गतिविधि, संस्थाका आगामी चुनौति र समस्या विषयमा प्रतिवेदन प्रस्तुत गरे । समाजको आन्तरिक कोष ब्यवस्थापन पार्न बनेको समितिका संयोजक सल्लाहकार ढक गुरुङले एसोसिएसनको हिसाव चुस्त र दुरुस्त प्रस्तुत गरे ।
समाजका कोषाध्यक्ष दिपक गुरुङले आय ब्यय विवरण प्रस्तुत गरेका थिए ।

अध्यक्ष गुरुङले एसोसिएसनले स्थापना यता पहिलो पटक वार्षिक साधारणसभा गरेर संस्थाका गतिविधिलाई साधारण सदस्यहरुबाट सुझावसहित अनुमोदन गरेकामा सबैप्रति आभार व्यक्त गरे । कतिपय मतमतान्तरबारे साधारणसभामा खुला बहस हुनुले संस्थालाई अझ गति प्रदान गरेको उनले बताए ।

पूर्व अध्यक्षको तर्फबाट सल्लाहकार महेश 
गुरुङले समाजलाई एकतावद्ध बनाउन कार्यसमितिले अझ मिहिनेत गरोस् भन्ने कामना गरे । अर्का पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेतले सबै मिलेर अझै राम्रा काम गर्ने वातावरण सृजना गराउन कार्यसमितिको ध्यानाकर्षण गराए । भेलाको प्रमुख आतिथ्य ग्रहण गरिरहेका संस्थापक अध्यक्ष डा. चन्द्र बहादुर गुरुङले विगत १३ साल देखि लगातार रहंदै आएको ट्रष्टी हटाएकामा गुनासो गरेका थिए ।
पूर्व अध्यक्ष तथा सल्लाहकार कृतिबिलास पन्तले कार्यसमितिले बिधान अनुसार नै काम गरेको र ट्रष्टीहरुको पनी निश्चित कार्यकाल हुने भएकाले कार्यसमितिले बिधान अनुसार नै निर्णय गरेको बताए ।

समाजका सदस्यहरुको तर्फबाट टेक बहादुर गुरुङले पद र प्रतिष्ठाको मात्रै कुरा नगरेर समाजसेवाको भावनाको विकास गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाको शुरुमा राष्ट्रिय गान र स्वस्तिका लिम्बुबाट नेपाली नृत्य प्रस्तुत भएको थियो भने रेडिङका तीनजना गीतकारहरु ओमकार अधिकारी, यादव श्रेष्ठ तथा प्रतिमा केसीको रचनामा रेकर्ड भएका गीत पनि प्रस्तुत गरिएका थिए ।
भेलामा सामाजिक काममा सक्रिय सहयोग गर्ने विभिन्न व्यक्तिलाई 
प्रशंसापत्र दिइयो ।
सन् २००२ मा डा. चन्द्र बहादुर गुरुङको अध्यक्षतामा स्थापित यस च्यारिटी संस्थाले यसबीचमा पांचजना अध्यक्ष पाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री