लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । एसोसिएसन अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो सभामा प्रमुख अतिथि संस्थापक अध्यक्ष डा. सिबी गुरुङ र स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष कृष्ण न्यौपानेले एक वर्ष भरिमा समाजमा भएका गतिविधि र काम गर्दा भएका चुनौतिहरुबारे प्रकाश पारे ।
भेलामा समाजका महासचिव ओमकार अधिकारीले वार्षिक गतिविधि, संस्थाका आगामी चुनौति र समस्या विषयमा प्रतिवेदन प्रस्तुत गरे । समाजको आन्तरिक कोष ब्यवस्थापन पार्न बनेको समितिका संयोजक सल्लाहकार ढक गुरुङले एसोसिएसनको हिसाव चुस्त र दुरुस्त प्रस्तुत गरे ।
समाजका कोषाध्यक्ष दिपक गुरुङले आय ब्यय विवरण प्रस्तुत गरेका थिए ।
अध्यक्ष गुरुङले एसोसिएसनले स्थापना यता पहिलो पटक वार्षिक साधारणसभा गरेर संस्थाका गतिविधिलाई साधारण सदस्यहरुबाट सुझावसहित अनुमोदन गरेकामा सबैप्रति आभार व्यक्त गरे । कतिपय मतमतान्तरबारे साधारणसभामा खुला बहस हुनुले संस्थालाई अझ गति प्रदान गरेको उनले बताए ।
पूर्व अध्यक्षको तर्फबाट सल्लाहकार महेश
गुरुङले समाजलाई एकतावद्ध बनाउन कार्यसमितिले अझ मिहिनेत गरोस् भन्ने कामना गरे । अर्का पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेतले सबै मिलेर अझै राम्रा काम गर्ने वातावरण सृजना गराउन कार्यसमितिको ध्यानाकर्षण गराए । भेलाको प्रमुख आतिथ्य ग्रहण गरिरहेका संस्थापक अध्यक्ष डा. चन्द्र बहादुर गुरुङले विगत १३ साल देखि लगातार रहंदै आएको ट्रष्टी हटाएकामा गुनासो गरेका थिए ।
पूर्व अध्यक्ष तथा सल्लाहकार कृतिबिलास पन्तले कार्यसमितिले बिधान अनुसार नै काम गरेको र ट्रष्टीहरुको पनी निश्चित कार्यकाल हुने भएकाले कार्यसमितिले बिधान अनुसार नै निर्णय गरेको बताए ।
समाजका सदस्यहरुको तर्फबाट टेक बहादुर गुरुङले पद र प्रतिष्ठाको मात्रै कुरा नगरेर समाजसेवाको भावनाको विकास गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाको शुरुमा राष्ट्रिय गान र स्वस्तिका लिम्बुबाट नेपाली नृत्य प्रस्तुत भएको थियो भने रेडिङका तीनजना गीतकारहरु ओमकार अधिकारी, यादव श्रेष्ठ तथा प्रतिमा केसीको रचनामा रेकर्ड भएका गीत पनि प्रस्तुत गरिएका थिए ।
भेलामा सामाजिक काममा सक्रिय सहयोग गर्ने विभिन्न व्यक्तिलाई
प्रशंसापत्र दिइयो ।
सन् २००२ मा डा. चन्द्र बहादुर गुरुङको अध्यक्षतामा स्थापित यस च्यारिटी संस्थाले यसबीचमा पांचजना अध्यक्ष पाइसकेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते